मन्त्री अधिकारीको शवमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा (भिडियाे/फाेटाे)

शुक्रबार, १७ फागुन २०७५, १० : १९ नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको शवलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन्। प्रधानमन्त्री ओलीले अन्य मृतकहरूको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जली व्यक्त गरे। 

गत बुधबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो। मृतकको शव पहिचान भएपछि आज बिहान श्रद्धाञ्जलीका लागी टुँडिखेलमा राखिएको छ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाको झण्डा ओडाएका थिए।

मृतकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कर्मचारी, सुरक्षा निकाय, मृतकका आफन्त र सर्वसाधरणले श्रद्धाञ्जली अर्पण गरेका छन्।  श्रद्धाञ्जलीका लागि शवहरूलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुँडिखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरूलाई बुझाइने कार्यक्रम छ।

तस्बिर : केशब थाेकर/सुजन श्रेष्ठ















यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad