coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माथिल्लो चमेलियाको पिपिए

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण र अपि पावर कम्पनीबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ।

सो सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन्।  

अपर चमेलिया आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत् उत्पादन हुनेछ। उत्पादित बिजुलीमध्ये ३३ प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ६७ प्रतिशत बर्खामा उत्पादन हुनेछ।

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App