coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टिप्परको ठक्करबाट कैलालीमा बालकको मृत्यु

कैलाली - पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिप्परको ठक्करबाट बिहीबार एक बालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ३२८ नं को टिप्परले ठक्कर दिँदा घोडाघोडी नगरपालिका–१ सुख्खड पिपलडाँडाका ६ वर्षीय शुभम बस्नेतको मृत्यु भएको हो। उनलाई सडक पार गर्ने बेला टिपरले ठक्कर दिएको थियो। बस्नेतको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका ४३ वर्षीय हिरासिंह धानुकलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ।रासस 

प्रकाशित: १६ फाल्गुन २०७५ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App