coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चिनीमिलले समयमा भुक्तानी नदिएको रिसमा सस्तोमा उखु बेच्छन् किसान

रौतहट - रौतहटका उखु किसानले भुक्तानी पाउने निश्चित नभएपछि सस्तोमा उखु बेच्न थालेका छन्। सस्तैमा बेच्न पनि उनीहरु मारामार गरिरहेका छन्। चिनी मिलसँग प्रतिक्विन्टल ५ सय ३८ रुपैयाँ दिने सहमति भएको थियो। तर, उक्त भुक्तानीप्रति अविश्वास भएको भन्दै किसानहरु सस्तोमै भए पनि नगदमै उखु बेचिरहेका छन्।

गढीमाई नगरपालिका ४ का सुरेन्द्र चौधरीले प्रतिक्विन्टल २ सय ७५ रुपैयाँमा नगदै उखु बेच्दै बताए। भने, ‘पैसाको अभाव थियो। उखुको पैसा पनि तत्कालै दिने बताएपछि हामीले बेच्यौं।’ सख्खर उद्योगहरुले सस्तोमै उखु किने पनि बाली बेच्नासाथ नगद हात परेपछि घरायसी काम गर्न सजिलो भएको चौधरीले बताए।

खेतमा नगदेबाली उब्जाउने तर उधारोमा बेच्नुपर्दा दुःख लाग्ने गरेको किसानहरु बताउँछन्। तर यसरी सस्तोमै भए पनि नगदमै बेच्न पाउँदा भने आफूहरुको गर्जो टरेको उनीहरुको अनुभव छ। गढीमाई ३ का जियाउल हकले पनि पानी पर्नुभन्दा दुई दिनअघि प्रतिक्विन्टल ३ सय रुपैयाँमा उखु बेचेको बताए। सख्खर उद्योगले उखुको मूल्य निकै कम दिए पनि सर्वसाधारण किसानको घर खर्च चलाउन सजिलो भएको चौधरी बताउँछन्।

सख्खरको भाउ निरन्तर कम हुँदै गएकोले सख्खर उद्योगले उखुको उचित भाउ दिन नसकेको उद्योगीको भनाइ छ। अहिले सख्खरको मूल्य प्रतिक्विन्टल ३ हजार चार सय रुपैयाँ छ। किसानले बेच्न ल्याउने उखुको खासै मूल्य दिन नसकेको गढीमाई क्रसर उद्योगका सञ्चालक विशुन राय यादवले बताए।

चिनीमिलहरुले रकम ढिलो र भनेको बेला रकम उपलब्ध नगराउने तर सख्खर उद्योगले भनेकै दिन रकम उपलब्ध गराउने हुनाले उखु किसा सख्खरतिर आकर्षित भएका हुन्। रौतहटको सुन्दरपुरमा रहेको दर्जनौँ सख्खर उद्योगले रौतहटका साथै सर्लाहीका उखु किसानको गर्जो टार्दै आएका छन्। किसानको गर्जो टार्ने भएकोले सर्वसाधारण उखु किसानले सख्खर उद्योगलाई पत्याएको देखिएको छ। जिल्लामा दुई वटा चिनी उद्योग सञ्चालनमा छन्। र, पनि किसान सख्खर उद्योगलाई नै उखु दिइरहेका छन्।

इन्धन र ढुवानी मूल्य बढदो छ। तुलनामा सख्खरको मूल्य घटेको छ। त्यै पनि किसानहरु सख्खर उद्योगलाई नै उखु दिन लालायित छन्।

यता सख्खर उद्योगीहरु उखुको मूल्यअनुसार किसानलाई भुक्तानी दिन नसक्दा आफूलाई दःख लागेको बताउँछन्। 

प्रकाशित: १६ फाल्गुन २०७५ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App