coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हेलिकप्टर दुर्घटना : नेकपाले २३ गते श्रद्धाञ्जली सभा गर्ने

काठमाडौं- ताप्लेजुङको सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव अन्तिम श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने भएको छ।

नेकपाको सचिवालय बैठक पछि महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा आजै पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुँडिखेलमा राखिने जनाइएको छ।

यस्तै नेकपाले आज देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको छ। फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ।

मन्त्री अधिकारीको अन्त्यष्टि भोली फागुन १७ गते गृहनगर पोखरामा गरिनेछ। बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरुका परिवारलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App