८ वैशाख २०८१ शनिबार
समाज

चौंध वर्षपछि मुगुमा भारी हिमपात (फाेटाे फिचर)

मुगु – मुगुमा यो वर्ष फागुनको मध्य लागि सक्दा भारी हिमपात भएको छ। बुढापाकाका अनुसार डेढ महिना लामो हिमपात र वर्षा भएको यो पहिलो पटक हो। २०६१ सालमा फागुनमा भारी हिमपात भएको थियो। त्यसयता भारी हिमपात भएको थिएन।

माघ पहिलो साताबाट लगातार हिमपात भएपनि मंगलवार रातीदेखि लगातार बिहीबार बिहानसम्म भएको यो सबैभन्दा ठूलो हिमपात हो। हिमपात भएपछि सुविकाल अर्थात अन्नवालीको उत्पादन राम्रो हुनेमा किसानहरू खुसी छन्।

भारी हिमपात हुँदा हिउँदेवाली जौं, गहुँ, उवा, आलु तथा स्याउ लगायत फलफुलको राम्रो उत्पादन हुनेमा किसान आशावादी छन्।

यता हिमपातका कारण गमगढी नाग्म सडक पुर्ण बन्द भएको छ भने जिल्ला भित्रका सडक पनि अवरुद्ध भएका छन्। गमगढीदेखि ताल्च विमानस्थल, गमगढीदेखि सोरु गाउँपालिकाको तारापानी र गमगढीदेखि लुम्ससम्मको आन्तरिक सडकमा समेत सवारी अवरुद्ध छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App