coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टाउको काटेर घिसिङको हत्या

सर्लाही–सर्लाही, हरिवन–५ घुर्कौलीका ५० वर्षीय मानबहादुर घिसिङको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राति उखुबारीमा घिसिङको हत्या गरिएको हो। टाउको काटेर उनको हत्या भएको अवस्थामा शनिबार शव उखुबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतको शव फेला परेपनि टाउको फेला नपरेको प्रहरीले जनाएको छ । उखुको फटमा हत्या भएका कारण काटिएको टाउको नभेटिएको प्रहरीले जनाएको छ। हत्या सम्बन्धमा अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न नसकेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदिले बताए ।

घिसिङलाई पहिला घाँटी थिचेर हत्या गरेपछि टाउको काटेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न हुने सक्ने संकास्पद केहीलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

प्रकाशित: २२ आश्विन २०७३ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App