८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा घाइते बालिकाको मत्यु

रौतहट  – रौतहटमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक बालिकाको मृत्यु भएको छ। घाइते ४ वर्षीया कैलरिन राईको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्लाको गरुडा–४ गरुडास्थित नेपाल पुलिस स्कुलबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा–८, जिंगडियातर्फ जाँदै गरेको बा १ ग २१७९ नम्बरको बस र विपरीत दिशाबाट उखु बोकेर आउँदै गरेको ना ३ ख ७४१८ ट्रक नम्बरको ट्रक सोमबार अपराह्न ४ बजेतिर सिवानी पेट्रोल पम्पनजिक आपसमा ठोक्किएका थिए। दुर्घटनामा ११ जना घाइते भएका छन्। तीमध्ये कैरिनको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक बालिकाका पिता सुवास राई नेपाल पुलिस स्कुलमै प्रहरी जागिरे भई शिक्षण गर्छन्। आफ्नो एक्लो सन्तान छोरीको मृत्यु भएपछि रार्ई बोल्न नसक्ने अवस्थामा छन्। नर्सरीमा अध्ययनरत बालिकाको दुर्घटनामा मृत्यु भएपछि गरुडा नगरपालिकाका सम्पूर्ण विद्यालयले शोकमा बुधबार एक दिन पठनपाठन बन्द गरेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App