coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इङ्लिस प्रिमियर लिग : लिभरपुल, सिटी, युनाइटेड र चेल्सी विजयी

वेष्टह्यामविरुद्ध गोल गरेपछि म्यानचेष्टर सिटीका सर्जियो अगुइरो । तस्बिरः एजेन्सी

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल, म्यानचेष्टर सिटी म्यानचेष्टर युनाइटेड र चेल्सी विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा लिभरपुलले वाटफोर्डमाथि ५–० को फराकिलो जित निकाल्यो।

लिभरपुलको जितमा खेलको ९ र २० औं मिनेटमा साडीयो मानेले, ७९ र ८२ औं मिनेटमा भर्जिल भान डिज्क र ६६ औं मिनेटमा डिभोग ओरीगीले गोल गरेका थिए। जितसँगै लिभरपुलको २८ खेलबाट ६९ अंक भएको छ। लिभरपुल सिटी भन्दा १ अंकले अघि छ।

अर्को खेलमा सिटीले वेष्टह्याम युनाइटेडलाई १–० को झिनो अन्तरले हरायो। सिटीको जितमा ५९ औं मिनेटमा सर्जियो अगुइरोले पेनाल्टीमार्फत निर्णायक गोल गरे। सिटी ६८ अंक सहित दोस्रो स्थानमा छ।

त्यस्तै म्यानचेष्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो। युनाइटेडको जितमा स्ट्राइकर रोमेलु लुकाकुले खेलको ३३ र ५२ औं मिनेटमा गोल गर्दा थप एक गोल ८२ औं मिनेटमा एस्ले योङले गरे। पराजित टोलीका लागि ६६ औं मिनेटमा वार्डले एक गोल फर्काए। जितसँगै २८ खेलबाट ५५ अंक जोडेको युनाइटेड तालिकाको पाँचौं स्थानमा छ।

यता चेल्सीले टोटेनह्यामलाई २–० ले स्तब्ध पारेको छ। घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा पेद्रोले एक गोल गर्दा अर्को एक गोल उपहार पायो। कारबाओ कपको फाइनलमा प्रशिक्षक सारीले रिप्लेस गर्न खोज्दा अटेर गरेपछि आलोचना खेपेका गोलकिपर कीपालाई बेन्चमा राखेको चेल्सीले पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो।

५७ औं मिनेटमा पेद्रोले गोल गर्दै घरेलु दर्शक माझ चेल्सीलाई १–० को अग्रता दिलाए। त्यसपछि ८४ औं मिनेटमा किरन ट्रिपेरले आत्मघाति गोल गरेपछि टोटेनह्याम २–० ले पराजित भयो। जितसँगै ५३ अंकसहित चेल्सी छैटौं स्थानमा छ। पराजित टोटेनह्याम भने ६० अंकसहित तेस्रो स्थानमा यथावत् छ।

यता, राति नै भएको अर्को खेलमा आर्सनलले फराकिलो जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले बर्नेमाउथलाई ५–१ ले पराजित गरेको हो। आर्सनललाई जित दिलाउन चौंथो मिनेटमा मेसुट ओजिल, २७ औं मिनेटमा हेन्रीक मिखीटेरियन, ४७ औं मिनेटमा लौरेन्ट कोसिल्नी, ५९ औं मिनेटमा पियरे इम्रिक औवामेयाङ र ७८ औं मिनेटमा एलेक्जेन्डर लाकजेट्सले गोल गरे।

जितसँगै चौथो स्थानको आर्सनलले २८ खेलबाट ५६ अंक जोडेको छ। बर्नमाउथ ३४ अंकसहित १२ औं स्थानमा छ। अर्को खेलमा साउथह्याम्पटनले फुलह्यामलाई २–० ले हरायो। 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App