७ वैशाख २०८१ शुक्रबार
अर्थ

माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले फागुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो। उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष विरेन्द्रप्रसाद महतोले गरेको बैंकले जनाएको छ। 

नयाँ शाखामार्फत बैंकले ग्राहकलाई कर्जा, निक्षेप लगायत सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ। बैंकले उक्त शाखामा २४सै घन्टा चल्ने एटिएमको पनि व्यवस्था गरिएको छ। उक्त एटिएमको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णकुश्मा थारुले गरेका थिए। 

माछापुच्छ्रेले ९४ शाखा र ६३ शाखारहित बैंकिङ समेत गरी एक सय ५७ ठाउँबाट ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। यसको एटिएम संख्या एक सय १६ छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App