७ वैशाख २०८१ शुक्रबार
समाज

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार पोखरामा गरिने

काठमाडौं – हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको  अन्त्यष्टि पोखरामा गरिने भएको छ। वुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा अधिकारी सहित सात जनाको मृत्यु भएको थियो। 

मन्त्री अधिकारी सहित ७ जनाको शव सुकेटार विमानस्थल ल्याइए पनि खराव मौसमका कारण त्यहाँबाट काठमाडौं ल्याउन सकिएको छैन।  अन्तिम श्रद्धाञ्जलीको लागि अधिकारीको शवलाई काठमाडौंमा टुँडिखेलमा राख्ने तयारी गरिएको छ।टुँडिखेलमा श्रद्धाञ्जली पश्चात उनको शवलाई अन्तिम संस्कारका लागि उनको गृह जिल्ला कास्की, पोखरा लगिने अधिकारीको पारिवारिक श्रोतले जनाएको हाे।

पोखरा प्रदर्शानी केन्द्रमा उनको शव श्रद्धाञ्जलीको लागि नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले बताए। नयाँ बजार, महेन्द्रपुल - रानी पौवा - हस्पिटला चोक हुँदै रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने छ।  १९ गते प्रदेशका सबै जिल्ला ले शोका सभा गर्ने, तीन दिन सबै पार्टी कार्यलय को झन्डा आधा झुकाउने नेकपाले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App