coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल उडान प्रभावित

काठमाडौं - भारत र पाकिस्तानबीचको टकरावका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतिहाद एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार कतार एअरवेजले वैकल्पिक रुट प्रयोग गरेर उडान गरेको छ। टर्किस र इतिहाद एअरको उडान भने रद्द गरिएको छ। कतार एयरवेजको विमान भने पाकिस्तानको आकाश छलेर वैकल्पिक रुटबाट उडेको छ। तिवारीका अनुसार बिहान ११ः३० उड्नुपर्ने विमान पाकिस्तानले रोक लगाएपछि वैकल्पिक रुटको प्रबन्ध मिलाउँदा दिउँसो मात्रै उडेको थियो। टर्किस एयरलाइन्सको बुधबार दिउँसो १२ बजे उड्नुपर्ने जहाज पाकिस्तानले रोक लगाएसँगै विमानस्थलमै थन्किएको छ। त्यसैगरी इतिहाद एअरवेजले पनि उडान रद्द गरेको छ। युएईको यो एअरवेजले नेपाल आउने उडान रद्द गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार पाकिस्तानको आकाश भएर भारत हुँदै नेपाल आवतजावत गर्ने जहाजलाई वैकल्पिक रुटबाट आवतजावत गर्न व्यवस्था मिलाउन लागेको बताए। ‘पाकिस्तानको आकाश भएर भारत हुँदै नेपाल आउने विमानलाई पाकिस्तानको आकाश प्रयोग नगरी अर्को वैकल्पिक रुटको व्यवस्था मिलाउँदैछौं,’ उनले भने, ‘कतार एअरवेज वैकल्पिक रुटमार्फत उडिसकेको छ भने अरु जहाजलाई पनि त्यसैगरी विकल्प खोजेर उडाइन्छ।’ त्यसको लागि सरोकारवाला निकाय तथा देशसँग कुरा भइरहेको उनले बताए। ती विमानहरुमा केही समस्या भए पनि आन्तरिक तथा पाकिस्तानको आकाश प्रयोग नगर्ने बाह्य विमानमा भने कुनै समस्या नभएको उनले बताए।

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App