coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राहणे अवसर पाउनेमा आशावादी

मुम्बई – अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अनुपस्थित भएको एक वर्षभन्दा लामो समय बिते पनि भारतका अजिन्के राहणेले एकदिवसीय विश्वकप टोलीमा अवसर पाउनेमा आशावादी रहेको बताएका छन्। 

दबाबका बाबजुद पनि विष्फोटक ब्याटिङ गर्ने ३० वर्षे राहणे पछिल्लो समयमा सीमित ओभरका खेलको टोलीमा अटाएका थिएनन्। साथै पछिल्लोसमयमा खेलको प्रदर्शनका आधारमा उनी टोलीमा परेका थिएनन्। एकदिवसीय खेलमा ७८.६३ स्ट्राइक रेट रहेका राहणे सन्तुलित खेल प्रदर्शन गर्दै आए पनि पछिल्ला खेलमा टोलीबाट बाहिर रहँदै आएका छन्। 

‘ब्याट्सम्यानको नाताले मेरो प्रकृति आक्रामक छ। यद्यपि अलि लजालु पनि छु। म मेरो ब्याटबाट बोल्न चाहन्छु,’ राहणेले भने, ‘म सधैं टोलीको जितमा रमाउने मान्छे हुँ। अनि मात्र छनोटकर्ता, व्यवस्थापकको निर्णयमा रमाउने गर्छु।’

‘म खेलबाट नै मेरो करियरलाई निरन्तरता दिन चाहन्छु,’ राहणेले थपे, ‘यदि खेलाडीले सधैं टिममा रहेर खेल्न पाएको खण्डमा मात्र सन्तुलित प्रदर्शन गर्न सम्भव हुन्छ।’ सन् २०१७ मा वेष्ट इन्डिजविरुद्धको खेलमा प्लेयर अफ दी सिरिजको उपाधि जितेका राहणेले अस्ट्रेलियाको घरेलु मैदानमा अर्धसतकीय इनिङ खेल्दै विजयी नतिजा दिलाएका थिए। 

तर, उनी २०१८ दक्षिण अफ्रिकाविरुद्धको खेलमा तेस्रो नम्बरको ब्याटिङ अर्डरमा परेका थिए। त्यसअघि रोहित शर्मा, शिखर धवन र कप्तान विराट कोहलीले सुरुआती ब्याटिङ लाइन सम्हाल्दै आएका थिए। ‘म मेरो खेलप्रति आत्मविश्वासी पनि छु।

पछिल्लो तीन–चार शृखंलामा हेर्ने हो भने मेरो औसत ४५ देखी ५० रहेको छ,’ राहणेले थपे, ‘म टोलीबाट बाहिरिएपछि घरेलु क्रिकेटमा फर्किएको छु, जुन निर्णय मेरो लागि सही हो जस्तो लाग्छ।’ रहाणले विश्वकप खेल्नका लागि आफू निकै आशावादी रहेको बताएका छन्। 

विष्फोटक ब्याटिङ गर्ने ३० वर्षे राहणे पछिल्लोसमयमा सीमित ओभरका खेलको टोलीमा अटाएका छैनन्। एकदिवसीय खेलमा ७८.६३ स्ट्राइक रेट रहेका राहणे सन्तुलित खेल प्रदर्शन गर्दै आए पनि पछिल्ला खेलमा टोलीबाट बाहिर रहँदै आएका छन्। 

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App