८ वैशाख २०८१ शनिबार
अर्थ

प्रथम नुवाकोट आदिवासी महोत्सव तयारी पूरा

नुवाकोट – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद नुवाकोटले शुक्रबारदेखि २६ गतेसम्म गर्न लागेको प्रथम नुवाकोट आदिवासी महोत्सवको तयारी पूरा भएको छ।

‘पर्यटन, उद्योग, व्यापार, कृषिमा विकास गरी आर्थिक समृद्धि र मनोरञ्जन, प्रथम नुवाकोट जिल्लास्तरीय आदिवासी महोत्सवमा लोपोन्मुख भाषा, सांस्कृतिक भेषभुषाको जातीय पहिचान’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको महोत्सवको आवश्यक सबै तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

महोत्सवमा पर्यटन, उद्योग, व्यापार, मनोरञ्जन, कृषि, आदिवासी जनजातिको संस्कृति झल्कने खालका सम्पूर्ण गतिविधि समावेश गरिने आयोजकले जनाएको छ। महोत्सवमा जिल्लास्तरीय नृत्य आइडल छनोट गरी पुरस्कृत गरिने महासंघका अध्यक्ष भगवान रानामगरले बताए। ‘महोत्सवमा समग्र आर्थिक सामाजिक सांस्कृतिक तथा जिल्लामा उत्पादित वस्तु, उद्योग व्यापार शिक्षा, कृषि र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन महोत्सव गर्न लागिएको हो। आदिवासी जनजातिको पहिचानको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा हामी केन्द्रित भएका छौं,’ रानामगरले भने, ‘उत्कृष्ट जातीय झाकी तथा जातीय सांस्कृतिक पहिचान प्रदर्शनी गर्नेलाई समेत हामी महोत्सवमा पुरस्कृत गर्नेछौं। स्थानीय कला प्रतिभालाई विशेष जोड दिनेछौं।’

महोत्सवमा तीन सय स्टल निर्माण गरिएको छ। आयोजकले महोत्सव स्थलमा दुई लाख बराबरको दर्शक भिœयाएर सात करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ। महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताइएको छ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App