coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसमा नीति र पद्धतिलाई संस्थागत गर्न आवश्यक छ : नेता केसी (भिडियो)

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले लोकतान्त्रिक पार्टीको नेतृत्वमा लोकतान्त्रि प्रवृत्ति नदेखिएको दाबी गरेका छन्। नागरिक फ्रन्टलाइनमा पत्रकार राजाराम गौतमसँग कुरा गर्दै नेता केसीले लोकतान्त्रिक क्रान्तिमा नेतृत्व गरे पनि पार्टी नेतृत्वमा लोकतान्त्रिक प्रवृत्ति नदेखिएको दाबी गरे। 

उनले नेताहरू व्यक्तिगतभन्दा पनि वैचारिक रूपमा अघि बढ्नुपर्ने बताए। पार्टीभित्र नीति र पद्धतिलाई संस्थागत गर्न आवश्यक रहेको बताए। ‘नेतृत्व नीति र पद्धतिअनुसार चल्न आवश्यक छ’, उनले भने, ‘त्यसका लागि पार्टीभित्रको लोकतन्त्रलाई सुधार गर्न आवश्यक छ।’

उनले पार्टीभित्र बहुमतका आधारमा भएका केही निर्णयको पनि आलोचना गरे। महासमितिले गरेको निर्णयलाई लत्याउँदै बहुमतबाट केन्द्रीय समितिले गरेको निर्णयप्रति उनले आपत्ति जनाए। ‘महासमिति बैठकमा सभापतिले केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्छु भनेपछि निर्णय भए जस्तै भएन र?’, उनले भने, ‘यो विषयमा हामीले आपत्ति पनि जनायौँ।’

पार्टीभित्र गुटउपगुट हुने भए पनि निर्णय गर्दा विधिगत रूपमा गर्नुपर्ने बताए। उनले पार्टीको अनुशासन समिति र निर्वाचन समिति सबै कार्यकर्ताको प्रतिनिधित्व हुने गरी सहमतिको आधारमा गरिनुपर्ने पनि बताए। ‘निर्वाचन समितिले देशभर पार्टीको आन्तरिक निर्वाचन गराउँछ। अनुशासन समितिले अनुशासन उल्लंघन भए कारवाही गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यो निष्पक्ष र पारदर्शी हिसाबले हुनुपर्छ।’

कांग्रेस निर्वाचनमा पराजित भएको जिम्मा अहिलेसम्म नेतृत्वले नलिनु दुखद् भएको उनको प्रतिक्रिया थियो। ‘निर्वाचन हार्नुमा सबैको जिम्मेवारी हुन्छ। तर सभापति नेतृत्वकर्ता भएकाले उहाँले जिम्मेवारी लिनुपर्छ’, उनले भने, ‘केन्द्रीय समितिले जिम्मेवारी लिने भनेर हामीले निर्णय ग-यौँ। तर कतिपय केन्द्रीय सदस्यलाई टिकट कसरी वितरण भएको छ भन्ने  नै थाहै छैन।’

नेता केसीले आफू १३ औँ महाधिवेशनमा देउवाले संयोजन गर्न सक्ने भनेर उनकै समूहबाट लडेको बताए। ‘उहाँसँग युनिभरसिटीदेखिकै संगत हो। त्यसबेला अरूले तर्कसहित दिएको सझुाव मानेर संयोजन गर्न सक्ने लागेर म उहाँकै समूहबाट लेडेँ’, उनले भने, ‘तर उहाँ सानो गुटको प्रभावबाट चल्नुभएको रहेछ।’

उनले अब आउने निर्वाचनमा कांग्रेस पहिलो हुने पनि दाबी गरेका छन्। ‘हामी यसअघि पनि विभिन्न समयमा हार्दै पार्टीलाई पुनर्जीवन गराउँदै आएका हौँ’, नेता केसीले भने ‘२०७९ को निर्वाचनमा हामी आन्तरिक रूपमा शसक्त भएर पहिलो पार्टी बन्छौँ।’

प्रकाशित: १५ फाल्गुन २०७५ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App