coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चम्कीए सन्दीप, क्वेटा विरुद्धकाे खेलमा लिए ४ विकेट

काठमाडाैं - दुवईमा जारी पाकिस्तान सुपर लिगमा नेपालका सन्दीप लामिछाने बलिङमा फेरी एकपटक चम्किएका छन्। लाहोर कलन्दर्सको टोलीबाट प्रतियोगितामा सहभागिता जनाएका सन्दीपले बुधबार क्वेटा ग्लाडियटर्स विरुद्धको खेलमा कसिलो बलिङ गर्दै ४ विकेट लिएका हुन्।

सन्दीपले ४ ओभर बलिङ गर्दै १० रन खर्चेर ४ विकेट लिए। सन्दीपले वाट्सनलाई ७, रिली रोसोलाई ८, उमर अकमललाई १ र डानिस अजिजलाई १ रनमा आउट गरे। उनले क्वेटाका सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा पवेलियन फर्काउँदै ठुलो रनको स्कोर बन्नबाट रोके। सन्दीपको ओभरमा कुनै पनि ब्याट्सम्यानले बाउन्ड्री प्रहार गर्न सकेनन्। सन्दीपको उत्कृष्ट प्रदर्शनमा लाहोरले क्वेटालाई १९ दशमलव १ ओभरमा १ सय ६ रनको स्कोरमा अलआउट गर्न सफल भयाे।

टस हारेर पहिले ब्याटिङ गरेको क्वेटाले लाहोरलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ। 

 

प्रकाशित: १५ फाल्गुन २०७५ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App