coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुई कराते महासंघ एक

काठमाडौं – दुई कराते महासंघ एक भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरिएको हो। बुधबार युवा तथा खेलकुद मन्त्रालयमा महासंघ एक भएका हुन्। 

यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दुई कराते महासंघ अस्तित्वमा थिए। राखेपका सदस्य दावा गुरुङ अध्यक्ष रहेको कराते महासंघलाई राष्ट्रिय मान्यता थियो भने राखेपका पूर्वसदस्य एवं नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराते महासंघलाई अन्तर्राष्ट्रिय मान्यता थियो। एकीकृत २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा गुरुङ सहअध्यक्ष तथा लाखे उपाध्यक्ष छन्।

प्रकाशित: १५ फाल्गुन २०७५ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App