७ वैशाख २०८१ शुक्रबार
खेल

बेल्जियमले हंगेरीलाई सहज नलिने

टाउलोउज- बल्जियम प्रशिक्षक मार्क विलमोट्सले युरोपियन च्याम्पियनसिपअन्तर्गत आइतबार अन्तिम १६ को खेलमा हंगेरीलाई सहज नलिन आफ्ना खेलाडीलाई चेतावनी दिएका छन्। फिफा वरीयताको दोस्रो स्थानको बेल्जियमले आशातीत प्रदर्शन सकेको छैन भने करिब तीन दशकपछि ठूलो प्रतियोगितामा फर्किएको हंगरी समूह ‘एफ’ को शीर्षमा थियो। १९८६ को विश्वकप नै हंगेरीले पछिल्लोपटक खेलेको ठूलो प्रतियोगिता हो।

जर्मन प्रशिक्षक ब्रेन्ड स्टोर्कको टोलीले पोर्चुगलसँग ३–३ र आइसल्यान्डसँग १–१ को बराबरी खेलेको थियो भने अस्ट्रियालाई २–० ले पराजित गरेको थियो।

चेल्सीका इडेन हाजार्ड, म्यानचेस्टर सिटीका केभिन डी बु्रएन, म्यानचेस्टर युनाइटेडका मरोउनी फेलानी र जेनिटका एक्सेल विटसलजस्ता खेलाडीले भरिएको बेल्जियममाथि समर्थकको ठूलो भरोसा छ।

तर, विलमोट्सले आइबार राति  टाउलोउजमा हुने नकआउट खेल सहज नहुने बताएका छन्। ‘तपाईले युरोपियन च्याम्पियनसिपको खेलहरू हेर्नु भएको छैन?,’ हंगेरीबारे सोधिएको प्रश्नमा विलमोट्सले भने, ‘पोर्चुगलविरुद्ध उनीहरूले खेलेको हेर्नुभयो? बलाज सुजसक, एडम सलाइ, क्रिस्टेन नेमेथले उत्कृष्ट खेलाडी हुन्। यदिक्वार्टरफाइनलमा वेल्सले हामीलाई पराजित गरे तपाईहरू हाँस्नुहुन्छ होला। कुनै पनि टोली सानो र ठूलो भन्ने हुँदैन।’

हंगेरीको प्रदर्शनलाई उनीहरूको १९५० को जादुमयी टोलीसँग तुलना गर्न थालिएको छ। फुटबलका महान हस्ती फ्रेन्च पुस्कासको नेतृत्वमा रहेको हंगेरी टोलीले १९५० देखि १९५६ सम्म एक खेलमात्र हारेको थियो। जुन १९५४ विश्वकपमा पश्चिम जर्मनीसँगको हार थियो। हंगेरीले १९५३ मा वेम्बलीमा इङ्ल्यान्डलाई ६–३ ले पराजित गरेको थियो। उक्त खेल ‘म्याच अफ दी सेन्चुरी’ को नामबाट चर्चित छ।

‘मलाई विश्वास छ, कुनै दिन हामी त्यो महान टोली जस्तै हुनेछु,’ २२ वर्षे वेर्डर ब्रेम्यानले भने, ‘तर, अहिले म वर्तमान टोलीबारे कुरा गरिरहेकोछु। हामी सबैले मिहिनेत गरिरहेका छौं। हरेकले सुधार गर्ने प्रयास गर्दैछौं।’

प्रकाशित: १२ असार २०७३ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App