७ वैशाख २०८१ शुक्रबार
प्रविधि

एप्पलले ५.८ इञ्चको आइफोन ल्याउने

आइफोन विश्वभरि नै विक्री हुने महत्वपूर्ण अमेरिकी स्मार्टफोन मानिन्छ। एप्पलको यो स्मार्टफोन प्रत्येक वर्ष सार्वजनिक हुनुभन्दा पहिले विभिन्न किसिमका अनौपचारिक खबहरु आउँछन्। कतिपय ती सत्य हुन्छन् तर आधिकारिक भने हुँदैनन्। यस्तै एउटा खबर डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ।

सो खबरका अनुसार सेप्टेम्बरमा आइफोन ७ सार्वजनिक हुनेछ। महत्वपूर्ण पक्ष यो छ कि आइफोन ५.८ इञ्चको इमोलिड स्क्रिनमा आउँदैछ। आइफोन ७ वा आइफोन ८ मा यो फिचर थपिने भन्ने यकिन छैन। इमोलिड डिस्प्लेको आइफोन २०१७ वा २०१८ को सुरुवातमा आउने बताइएको छ। एप्पलले आइफोन सेभेन प्लसका दुई फरक फरक फोन सार्वजनिक गर्ने तयारी गरिरहेको सो टेक प्रोटलले उल्लेख गरेको छ।

दुईमध्ये एउटा सिङ्गल लेन्स क्यामरा र अर्को डुवल लेन्स क्यामेरा हुने जनाइएको छ। डुवल लेन्स क्यामेरालाई आइफोन प्रो नाम दिइनेछ।

आइफोन अहिले ४, ४.७ तथा ५.५ इञ्चमा उपलब्ध छ। आइफोनहरुमध्ये सबैभन्दा ठूलो फोन आइफोन ६एस प्लस हो। यो बाहेक एप्पलले कुनै आइफोनमा एमोलिड डिस्प्ले प्रयोग गरेको छैन। सामसङले भने ग्यालेक्सी एस सेभेनमा तथा अन्य महँगा डिभाइसमा एमोलिड डिस्प्ले प्रयोग गरेको छ।

प्रकाशित: ७ वैशाख २०७३ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App