७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय सहभागितामा आगम्छे पुनर्निर्माण

काठमाडौं – हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका हुन्।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लामो पहलपछि सबैपक्षबीच सहमति जुटेको जानकारी दिँदै अब मन्दिरको पुनर्निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गरे। मन्दिर पुनर्निर्माणका लागि निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने उनले जानकारी दिए। धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरी नेपाली कालिगढले नै मन्दिर पुनर्निर्माण गर्ने उनको भनाइ छ।

राष्ट्रियसभाका सांसद कृष्णगोपाल श्रेष्ठले दीक्षित भएका बाहेक मन्दिरमा कोही पनि प्रवेश गर्न नमिल्ने बताए। मन्दिरको पुनर्निर्माणमा आर्थिक पारदर्शिता कायम गर्नुपर्नेमा उनले जोड दिए। प्रदेशसभाका सांसद राजेश शाक्यले स्थानीय समुदायलगायत सबैको साथ लिएर आगम्छे मन्दिरको पुनर्निर्माण कार्यलाई अघि बढाउने बताए।

भूकम्पपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने क्रममा आगम्छे मन्दिरको पुनर्निर्माणको जिम्मा जापान सरकारलाई प्रदान गरिएको थियो। यसअघि, मन्दिरको पुनर्निर्माण जाइकामार्फत गरिने भएपछि जनप्रतिनिधि, स्थानीय समुदाय लगायतले त्यसप्रति असहमति जनाएकाले पुनर्निर्माण कार्य अवरुद्ध भएको थियो।

प्रकाशित: १५ फाल्गुन २०७५ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App