coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अस्पताल बनाउन पाँच लाख सहयाेग

सोलुखुम्बु – थुलुङ दूधकोसी गाउँपालिका–९ का विद्यालय तथा शिक्षकहरूले अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।

वडामा रहेका दुईवटा माध्यमिक र पाँच आधारभूत विद्यालयले गाउँपालिकाको केन्द्र मुक्लिमा दूधकोसी सामुदायिक अस्पताल निर्माणका लागि ४ लाख ९३ हजार, ८ सय ४७ रुपैयाँ सहयोग गरेका हुन्।

जनसेवा माविले १ लाख १११, जनता माविले १ लाख, लामुडाँडा आधारभूत विद्यलाय (आवि)ले ५० हजार, जलकुण्ड आविले २५ हजार, चन्द्रकला आविले २५ हजार, पञ्चकन्या आविले १५ हजार र जनप्रिय आविले १५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

यस्तै व्यक्तिगत रूपमा जनसेवा माविका प्रधानाध्यापक गोकुलबहादुर खुलाल र जनता माविका प्रधानाध्यापक हस्तबहादुर राईले एक÷एक महिना बराबरको तलब २३ हजार ५ सय, जलकुण्ड आविका शिक्षक डिल्लीराम गुरुङ र पञ्चकन्या आविका प्रधानाध्यापक प्रेमबहादुर तामाङले ११ हजार रुपैयाँ सहयोग गरेका छन्।

यस्तै जनप्रिय आविका प्रधानाध्यापक उठिमाया तामाङले १५ हजार ५ सय, सोही विद्यालयकी शिक्षिका लक्ष्मीकुमारी राईले ११ हजार, चन्द्रकला आविका प्रधानाध्यापक टेकबहादुर तामाङले ११ हजारसहित विभिन्न शिक्षकले सहयोग गरेका छन्।

आगामी चैत २ देखि ९ गतेसम्म हुने श्रीमद् भागवत महायज्ञमार्फत अस्पताल निर्माणका लागि वडाले ५० लाख रुपैयाँ रकम हस्तान्तरण गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार उपसमिति गठन गरी सहयोग संकलनलाई तीव्रता दिइएको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App