coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अब गाउँमै उपचार

खोटाङ – सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ। सामान्य उपचारका लागि सिन दुई–तीन घन्टा हिँडेर स्वास्थ्यचौकीमा पुग्न बाध्य सर्वसाधारणलाई लक्ष्य गरी गाउँपालिकाको वडा नम्बर ७, टेम्माको दिलैंचीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो।

स्वास्थ्यचौकीसरहको सेवा सुविधा दिने गरी गाउँपालिकामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक स्वास्थ्य एकाइ मंगलबार गाउँपालिका प्रमुख भूपेन्द्र राईले उद्घाटन गरेका छन्। शान्ति माविको एउटा कोठामा काजमा एक अहेव र आवश्यक औषधि जुटाएर स्वास्थ्य एकाइ सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। यसबाट दिलैंची, ज्यामिरे, खाम्ला, बयुँ, डाँडाटोलका बासिन्दा लाभान्वित हुने भएका छन्। केही समयपछि अनमीसमेत व्यवस्था गरिने गाउँपालिका प्रमुख राईले जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App