coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधी सामुन्द्रिक आँधी अमेरिकातर्फ बढ्यो

मेक्सिको सिटी- उत्तरी आन्ध्र महासागरमा हिजोदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हैटीमा विध्वंश मच्चाएपछि सो आँधी बहामाज र संयुक्त राज्य अमेरिकातर्फ बढिरहेको छ ।

म्याथ्यु आँधीले हैटीमा सबैजसो भू–भाग तहसनहस पारेको र आँधीमा परी तीनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भएको बताइएको छ । हैटीमा बिगतका केही वर्षदेखि सबभन्दा कडा म्याथ्यु आँधीले उत्पन्न गरेको बाढीका कारण सहर र बस्ती बगाउने, खानेपानी, टेलिफोन, विद्युत् आपूर्ति अवरुद्ध पार्ने गरेको छ ।

आँधीको बेग दुईसय तीस किलोमिटर प्रतिघन्टासम्म मापन गरिएको छ । गत मङ्गलबार अकस्मात् क्यारेबियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनाँै मानिस बेपत्ता भएका छन् ।  हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित भएका छन् । रासस\सिन्ह्वा

प्रकाशित: २२ आश्विन २०७३ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App