८ वैशाख २०८१ शनिबार
राजनीति

छायादेवीबारे जानकारी माग

फाइल फाेटाे

काठमाडौं – छायादेवी कम्पनीमा कमलपोरीको सरकारी जग्गा दर्ता भएको विषय संसद्मा उठगेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद रेणुका गुरुङ कमलपोखरीको सरकारी जग्गा छायादेवी कम्पनीमा कसरी दर्ता भयो यसमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताइन्। सांसद राजेन्द्रकुमार राईले प्रदेश १ को राजधानी धनकुटामा हुनुपर्ने माग गरे। उनले धनकुटावासीले गरेको आन्दोलनमा ऐक्यबद्धता भएको बताए।

सांसद यसोधा कुमारी सुवेदीले नख्खुमा रहेको एनसीएलको टावर अगाडि बम बिष्फोटनमा घाइतेलाई उपचार र मृतकलाई क्षतिपूर्ति दिनुपर्ने बताइन्। सांसद यज्ञराज सुनुवारले वारा जिल्लामा माघ १२ गते बलराम पोखरेल र फागुन ६ गते गणेशप्रसाद भट्टराईको मृत्यु भएको घटनाको बारेमा यथोचित छानबिन हुनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे। सांसद विमला विकले बर्दियामा यौनजन्य हिंसा बढेको भन्दै उनले फागुन १२ गते मधुवनमा गर्भवती रहेकी महिलामाथि बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताइन्।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App