coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

असमझदारी भएको क्लब मेरो चाहाना होइन् : माउरिन्हो

लन्डन – म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोजे माउरिन्होले प्रशिक्षकको मर्म र आन्तरिक समास्यामा नगुज्रिएको क्लबसँग आवद्ध हुने इच्छा व्यक्त गरेका छन्।

म्यानचेस्टर युनाइटेडबाट बर्खास्ती खेपेका माउरिन्होले नयाँ क्लब अनुबन्धनमा यस्तो सर्त राखेका हुन्। ५६ वर्षे म्याचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक माउरिन्हो गत डिसेम्बर १८ बर्खास्त भएका थिए। क्लबका सिनियर खेलाडीसँगको तिक्तता र निराशाजनक नतिजापछि उनी बर्खास्तमा परेका हुन्।

उनले सिरि ‘ए’को क्लब इन्टरमिलानले मात्र प्रशिक्षकको मर्म बुझ्ने क्लब भएको बताएका छन्। सन् २००८ देखी २०१० सम्म इटालियन सिरि ‘ए’ क्लब इन्टर मिलान सम्हालेका प्रशिक्षक माउरिन्होले च्याम्पियन्स लिगको उपाधिसँगै दुई सिरि ‘ए’ लिगको उपाधि र इटालियन कपको उपाधि दिलाउन सफल भएका थिए। 

‘मेरो जीवनमा पैसा नै सबथोक होइन। म राम्रो क्लबको प्रतिक्षामा छु। युनाइटेडबाट बिदाई भएसँगै धेरै क्लबले मलाई प्रशिक्षणका लागि आग्रह गरेका थिए,’ माउरिन्होले भने, ‘उच्चस्तरको क्लबको प्रतिक्षामा छु। जसको सोच पनि उच्च स्तरकै होस्। पैसा त्यसपछिको प्राथमिकतामा पर्छ।’

‘असमझदारी भएको क्लब मेरो चाहना होइन,’ प्रशिक्षक माउरिन्होले थपे, ‘प्रशिक्षकको मर्म बुझ्ने क्लब मेरो चाहना हो। असमझदारी त्यो हो, जुन विपक्षीले अंक खोस्न रणनीति बुन्छन्।’ 

युनाइटेड सम्हाल्न पुगेका माउरिन्होले पहिलो सिजन युनाइटेडलाई युरोपा र लिग कपको उपाधि दिए पनि दोस्रो सिजनमा खासै उपलब्धि हात पार्न सकेनन्। युनाइटेडसँगको आपसी तिक्तता नै माउरिन्होका लागि तीन अनुभव थियो। सँगै खेलाडीको सँगको खटपटले पनि माउरिन्होलाई थप संकटमा पारेको थियो। 

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App