१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सारीको पहिलो रोजाईमा सबैको नजर

लन्डन – प्रशिक्षक माउरिसियो सारी र गोलकिपर केपा अरिजाबगालाबिचको सम्बन्धमा चिसोपना आएसँगै इङ्लिस प्रिमियर लिग लन्डन डर्बीअन्तर्गत बुधबार चेल्सीले घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा टोटेनह्यामको सामना खेलमा मैदान उतार्ने पहिलो रोजाईका खेलाडीप्रति सबैको ध्यान केन्द्रित हुने निश्चित छ।

आइतबार इङ्लिस लिग कप फाइनलअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा चेल्सीका प्रशिक्षक सारीले गोलकिपर अरिजाबालागाको स्थानमा वैकल्पिक गोलकिपर विली काबालेरोलाई मैदान प्रवेश गराउन खोजे पनि केपाले प्रशिक्षकको निर्णय अस्वीकार गरेका थिए। 

त्यसलाई सारीले असमझदारी भएको संज्ञा दिएका थिए। सारीले केपा अतिरिक्त समयमा घाइते भएकाले आफूले उनलाई मैदान बाहिर बोलाउने निर्णय गरे पनि टोलीले चिकित्सकको सल्लाहपछि निर्णय परिवर्तन गरिएको बताए थिए। खेल भने सिटीले पेनाल्टी सुटआउटमा ४–३ ले आफ्नो पक्षमा पारेको थियो।

सिटीका गोलकिपर इडर्सनले जर्जिन्होको पेनाल्टी रोकेका थिए भने डेविड लुइसको पेनाल्टी पोस्टमा लागेर फर्किएको थियो। रहिम स्टर्लिङले पाँचौं पेनाल्टी प्रहारलाई जाली चुमाउँदै सिटीको जित पक्का गरेका थिए। ‘गोलकिपर केपा मलाई पेनाल्टी सुटआउटमा पनि चेल्सीको पोस्ट सम्हाल्न सक्षम छु भनेर विश्वास दिलाउन चाहन्थे,’ सारीले खेलपछि प्रतिक्रिया दिँदै भनेका थिए, ‘उनको उद्देश्य सही भए पनि आचरण भने उचित रहेन।’

निरन्तरको खराब नतिजा र सार्वजनिक रूपमा खेलाडीको आलोचना गरेका कारण सारी आफ्नो पद जोगाउन संघर्षरत छन्। तर गोलकिपरसँगको सम्बन्धमा तित्तता आएसँगै सारीमाथि अर्कोे दबाब थपिएको छ। सारीले यो घटनामा दुवैबीचको असमझदारी भन्दै थम्थमाउने प्रयास गरेका थिए।

त्यसैले बुधबार सारीले टोटेनह्यामविरुद्ध केपालाई टोलीमा राख्छन् वा राख्दैनन् त्यो हेर्न लायक बन्नेछ। चेल्सीले  सबै खाले प्रतियोगिता गरि पछिल्लो सात खेलमा ४ खेल गुमाइसकेको छ। लगातारको खराब नतिजापछि चेल्सी प्रिमियर लिगमासमेत चौथो स्थानबाट छैटाैं स्थानमा झरिसकेको छ भने एफए कपबाटसमेत बाहिरिसकेको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App