प्रांगारिक कृषि प्रवद्र्धन गर्न मेला

बुधबार, १५ फागुन २०७५, ०६ : ४४ नागरिक

काठमाडौं – रासायनिक मल र विषादीको प्रयोगले पर्यावरण र मानव स्वास्थ्यमा नकरात्मक असर परेपछि प्रांगारिक कृषिलाई प्रोत्साहन गर्ने रणनीति अनुसार  प्रांगारिक कृषि मेला आयोजना गरिएको छ। ‘प्रांगारिक कृषि पद्धती अपनाऔ, माटो र जीवन बचाऔं’ भन्ने मूल नाराका साथ फागुन १६ गते देखि बाह्रौ राष्ट्रिय प्रांगारिक कृषि प्रर्दशनी मेला आयोजना गरिएको कृषि विभागले जनाएको छ। 

कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा मेला आयोजना गरिएको हो। बजारमा अर्गानिक वस्तुको माग बढ्दै गएपछि सरकारले प्रांगारिक कृषिजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गर्न मेला आयोजना गरेको कृषि विभागका उप—महानिर्देशक प्रकाश सञ्जेलले बताए। चार दिने मेलामा प्रांगारिक कृषि विषयमा सांस्कृतिक कार्यक्रम, प्राविधिक सूचनाहरु र प्रस्तुतीकरण हुने मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो। मेलामा प्रांगारिक उत्पादन गर्ने मल देखि विभिन्न उत्पादनको एक सय २५ स्टल रहने आयोजकले जानकारी दिए। मेलामा रैथाने परिकार महोत्सव, प्रांगारिक कृषि सम्वन्धी प्यानल तथा अन्तरक्रिया कार्यक्रम, कृषि उपजहरुको विक्री वितरण, बाली उपचार शिविर, माटो परिक्षण लगायतका सेवाहरु प्रदान गरिने छ। मेलामा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, किसानका लागि उन्नत बिउ कार्यक्रम, कृषि उद्यम केन्द्र, हेल्भेटास नेपाल र हसेरा एग्रीकल्चर रिर्सच एण्ड ट्रेनिङ्ग सेन्टरले सहभागिता जनाएको विभागले जनाएको छ।

प्रांगारिक कृषि प्रणाली अपनाउन कृषिकलाई प्रोत्साहित गर्ने, उपभोक्ता वर्गमा स्वस्थकर प्रांगारिक  कृषि प्रणाली अपनाउन, निर्यातयोग्य प्रांगारिक कृषि वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्‍याउन, दिगो कृषि विकासका लागि प्रांगारिक कृषि पद्यतीको आवश्यकता बोध गराउन मेला आयोजना गरिएको हो।

रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने भएकाले रासायनिक मल र विषादीको न्यूनीकरण गर्दै प्रांगारिक वस्तु उत्पादनमा वृद्धि गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले प्रांगारिक कृषि प्रवद्र्धन अभियान सुरु गरेको छ। यसमा ७० करोड रुपैयाँ खर्चने जनाएको छ। यो अभियान सञ्चालन गर्न युरोपियन युनियनले ५० करोड र नेपाल सरकारले २० करोड रुपैयाँ गरी ७० करोड रुपैयाँ खर्चिने योजना बनाएको छ। त्यसमा करिब २५ करोड रुपैयाँ प्रांगारिक मलको अनुदानमा प्रयोग हुनेछ।

स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा प्रमाणित प्रांगारिक कृषि उपजको माग बढ्दै गएको छ। उपभोक्ताको स्वास्थ्यप्रतिको सजगता, क्रय शक्तिमा भएको वृद्धि, स्थानीय बालीहरुको प्रयोगमा रुची आदिले गर्दा आन्तरिक बजारमा सुरक्षित उपजको माग बढेको मन्त्रालयले जनाएको छ।  रैथाने बालीहरुको उत्पादन र बजारीकरणबीचको दूरी कम गर्दै मूल्य शृंखलाको विकास गर्ने, किसानलाई आवश्यक पर्ने गुणस्तरीय प्रांगारिक मल, बिउ, जैविक विषादीको व्यवस्थापनमा सघाउने मन्त्रालयले जनाएको छ। यो अभियान पाँच वर्षसम्म सञ्चालन गर्ने मन्त्रालयको तयारी छ। रैथाने तथा स्थानीय जातका खाद्यान्न, तरकारी, मसला, फलफूल, आलु, तरकारी, मसलाबाली तथा केरा, मेवा जस्ता फलफूल बालीमा पनि कार्यक्रम सञ्चालन गर्ने योजना छ।

सचेतना अभिवृद्धि, उत्पादन सामग्री आपूर्ति, बजारीकरणमा सहयोग, जैविक विविधता संरक्षण तथा अभिलेखीकरण, प्रमाणीकरणको व्यवस्थापन रहेका छन्। प्रांगारिक उत्पादनकर्ताले उत्पादन योजना, सामग्री बिउ, मल, विषादीको स्रोत, किसिमत, परिणाम, प्रयोग गरिएको समय, पटक, जात, उत्पादन तथा बिक्री परिमाणको अभिलेख राख्नुपर्ने व्यवस्था छ।

 








यसमा तपाईको मत

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad