८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जापानमा ज्वालामुखी विस्फोट

टोक्यो- दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा गतः मध्यरात पछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ।
स्थानीय समयानुसार शनिबार बिहान १:४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्किइ ११ हजार मिटर आकाश माथिसम्म खरानी र आगोको लप्का उठेको थियो ।
जलवायु विज्ञान समितिले उक्त ज्वालामुखी विस्फोटन ५ औं स्केलको तेस्रो लेभलको मापन गरेको छ । विस्फोटनका कारण पर्वतबाट ठूला ठूला चट्टानहरु खस्ने सम्भावना रहेकोले मानिसहरुलाई उक्त क्षेत्रनजिक जान निषेध गरिएको छ ।
यद्यपि, यस घटनाबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षति नभए तापनि उक्त क्षेत्र वरपरका स्थानीय वासिन्दालाई ज्वालामुखीय ग्यास, लाभा र तातो खरानीबाट बच्नसमेत सो समितिले सचेत गराएको छ ।
गतः अप्रिलमा गएको ठूलो भूकम्पले दक्षिणपश्चिमी जापानको अधिकांश भू(भागलाइ शिथिल बनाएको कारण अहिले ज्वालामुखी विस्फोटन भएको हो कि भनी सो समितिले आशङ्का गरेको तर पुष्टि भने भै नसकेको जनाइएको छ ।
आसो पर्वतमाला जापानका अति सक्रिय ज्वालामुखीय पर्वतश्रृङ्खलाहरु मध्ये एक मानिन्छ । गतः शुक्रवार पनि यही पर्वतमालाको एउटा शिखरमा राति दश बजे तिर हल्का विस्फोटन भएको थियो। यसअघि, पाँच महिना पहिले गतः १ मे का दिन पनि यस्तै एउटा विस्फोटन भएको थियो । रासस /सिन्ह्वा

 

प्रकाशित: २२ आश्विन २०७३ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App