८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्से ७.१७ अंकले घट्यो

काठमाडौं–मंगलवार नेप्से परिसूचक ७ दशमलव १७ अंकले घटेर ११०२.५६ विन्दुमा ओर्लिएको छ । मंलगबार नेप्से परिसूचक शुन्य दशमलव ६५ अंकले घटेर सो विन्दुमा कारोबार बन्द भएको हो । कारोबार सुरु भएको केही बेरमै घट्न थालेको नेप्से ११ सय विन्दुमा टेवा लगाउँदै बन्द भएको छ । कारोबारमा आएका सबै (१०) समूहकै नेप्स परिसूचक घटेकोले समग्र नेप्से घटेको हो ।
परिसूचक घटेपछि कारोबार रकम खुम्चिएर १६ करोड ५६ लाखमा खुम्चिएको छ । सोमवार २० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ६६ प्रतिशत घटेर २३४.२२ विन्दुमा रोकिएको छ ।
मंगलबार नेप्से परिसूचक
कारोबार रकमः १६ करोड ५६ लाख
कारोबार कित्ताः ६ लाख ५३ हजार २८ 
कारोबार संख्याः ३ हजार ६ सय ८१
कारोबार भएका कम्पनीः १ सय ६५
बजार पुँजीकरणः १३ खर्ब ४५ अर्ब 
स्रोतः नेपाल स्टक एक्सचेञ्ज

 

प्रकाशित: १४ फाल्गुन २०७५ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App