कांग्रेस असन्तुष्ट समूहद्वारा बैठक बहिष्कार

मङ्गलबार, १४ फागुन २०७५, १४ : ५२ नागरिक

काठमाडौं – नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरको हो। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्। 

संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन गर्दा सहमतिको आधारमा गर्न माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरूलदे बैठक बहिष्कार गरेका हुन्। बिहान ११ बजेबैठक बोलाइएको थियो। तर अहिलेसम्म बैठक बस्न सकेको छैन। वरिष्ठ नेता पौडेल सहितका नेताहरू पार्टी कार्यालयमै भएर पनि बैठक कक्षमा गएका छैनन्। 

‘अनुशासन समिति र निर्वाचन समितिचाहिँ सर्वसम्मत रूपमा पारित गर्नुपर्छ भन्ने हो’, नेता अर्जुनरसिंह केसीले भने, ‘तर उहाँहरू तयार हुनुभएन। त्यो भए जे गर्नुछ गर्नुहोस् हामी बैठकमा सहभागी हुँदैनौँ भनेर बैठकमा गएनौँ।’

बिहान ११ बजेबाट भएको अनौपचारिक छलफलमा सभापति समूहले बैठकको एजेण्डा अनुशासन समितिको हुने जानकारी दिएको थियो। सभापति समूहले सहमतिमा नभए बहुमतीय पद्धतिअनुसार गर्ने संकेत गरेपछि असन्तुष्ट समूहले आपत्ति जनाएको हो। 

असन्तुष्ट समूहको बहिष्कारपछि बैठक नै स्थगित भएको छ। अर्को बैठक सभापति, वरिष्ठ नेता र अन्य नेताको छलफलपछि मात्र तय हुने बताइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad