गाउँ फर्कने वातावरण बन्दै छ : मन्त्री गुरुङ

मङ्गलबार, १४ फागुन २०७५, १२ : १८ सन्देश श्रेष्ठ

पोखरा - गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जिल्लाको कुइबाङलाई पर्यटकीय गाउँ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कुइबाङ गाउँ मर्दी हिमाल र माछापुच्छ्रे हिमालको आधारशिविर जाने र फर्कने ट्रेकिङ रुटको प्रवेशद्वार बन्ने बताएका छन्।  

मन्त्री गुरुङले कुइबाङ गाउँ वार्षिक एक लाख पर्यटक भित्र्याउन सक्षम हुने भन्दै कुइबाङ गाउँलाई पर्यटकीय गाउँ बनाउनका लागि तयार पारिएको कुइबाङ एकीकृत विकास परियोजनामा प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरे।  उनले आर्थिक अभाव भएमा व्यक्ति वा संस्थालाई ५–६ प्रतिशत ब्याजदरको सहुलियत ऋण मिलाइदिने आश्वासनसमेत दिए। मन्त्री गुरुङले गाउँगाउँमा होम–स्टे, तरकारी खेती, पशुपालनलगायतले युवावर्गलाई गाउँ फर्कने वातावरण निर्माण गरेको बताए।  उनले नेपाली जनतालाई आत्मनिर्भर बनाउन सके मात्र देशको अर्थतन्त्र बलियो हुने बताए।  उनले विदेशी सहयोग मागेर सधैं चल्न नहुने बताए।  उनले भने, ‘मागेर होइन कि आफैंले गरेर आत्मनिर्भर बन्ने हो, आमनेपाली जनतालाई आत्मनिर्भर बनाउन सके मात्र देशको अर्थतन्त्र बलियो हुन्छ। ’

गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष घोषणा गरेको जानकारी दिँदै उनले यही आर्थिक वर्षमा डेढ गुणा पर्यटक बढाउने दाबी गरे।  यो वर्ष गण्डकी प्रदेशले १५ लाख पर्यटक भित्र्याउने योजना बनाएको बताउँदै मन्त्री गुरुङले भने, ‘अघिल्लो वर्ष गण्डकी प्रदेशमा १० लाख पर्यटक भित्रिए, आन्तरिक पर्यटन घोषणा भएको यस वर्ष हामी १५ लाख पर्यटक भित्राउँछौं, २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने हाम्रो योजना छ। ’ उनले पर्यटक आकर्षित गर्न होटल तथा रेस्टुरेन्ट व्यवसायीले पनि प्याकेज घोषणा गर्नुपर्ने बताए। 

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले कुइबाङ एकीकृत विकास परियोजना सफल बनाउन गाउँपालिकाले बहुवर्षीय योजनामा पारेर बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए।  उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँबाट मर्दी हिमाल, अन्नपूर्ण हिमाललगायत देखिने भएकाले पर्यटक लोभिने विश्वास व्यक्त गरे।  नेपाल कम्युनिस्ट पार्टीका नेता दामोदर बैरागीले कुइबाङ गाउँमा घोषणा गरिएको परियोजना सफल बनाउने जिम्मा नेकपाले लिने बताए।  अर्का नेता  माधव बास्तोलाले पोखरा आएका पर्यटक कहाँ राख्ने चिन्ता छाएका बेला त्यसको वैकल्पिक ठाउँ कुइबाङ भएको भन्दै यसको प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। 





यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad