संसारको राजधानी

मङ्गलबार, १४ फागुन २०७५, ११ : ५५ शोभा ज्ञवाली  | @GyawaliShova

सानो छँदा अमेरिकालाई विश्वकै राजधानी भनेको सुन्थेँ र अचम्म लाग्थ्यो। जिज्ञासा पनि उठथ्यो, किन भनिएको होला विश्वकै राजधानी ?  त्यसो त मैले कयौँ पटक यो विश्वको राजधानीको भ्रमण गरिसकेकी थिएँ। यस पाला एक महिनाको भ्रमणको क्रममा भने थोरबहुत अध्ययन गर्ने अवसर भने पाएँ। 

जनवरीको मध्य चिसोमा नेब्रास्का, मिजोरी, नभाडाजस्ता ठाउँ पुगियो भने न्युयोर्क, सेन्ट लुइस, सिकागो, क्यान्सस, भेगस, ओमाहा आदि विभिन्न शहर घुमियो। घुम्दाका बेला मलाई आश्चर्य लागेको भनेको पूर्व–पश्चिम, उत्तर–दक्षिण जहाँ र जता गए पनि विकासको चरम चुली नै थियो। त्यसो त यस्तो आश्चर्य पहिलो पटक आउँदा नभएको होइन तर यस पटकको बुझाइ अलि फरक थियो। 

पहिला विकास भनेको स्वाभाविक लाग्थ्यो तर हिजोआज विकास भनेको स्वाभाविक नभई त्यो देशको राजनीति, राजनेता, कर्मचारी र जनताको सामूहिक प्रयत्नको प्रतिफल हो भन्ने लाग्छ। त्यो बुझेयता विकासको महŒव र मूल्य दुवै बुझ्न थालेकी छु कि भन्ने पनि लाग्छ।

अमेरिकामा विकासका लागि कुनै ठाउँ बाँकी छैन। जहाँसुकै बाटोघाटो, बत्ती, बिजुली, पानी, हस्पिटल, सपिङ सेन्टर सबैथोक देखिन्थ्यो। मानिसको दैनिक जीवनमा चाहिने अति आवश्यक सुविधा र सामानको केही कमी देखिदैनथ्यो। त्यही कारणले नै गर्दा होला विश्वकै मान्छे अमेरिका जाने भनेपछि हुरुक्कै हुन्छन्। 

हुन पनि यहाँ सबै कुरा सिस्टममा चल्छ। तीन वर्षको बालकदेखि लिएर असी वर्षका वृद्धले समेत सिस्टममा दगुरिएको देखिन्छ। आजका बच्चा भोलिका कर्णधार भनेर होला उनीहरुको छुट्टीको बेलामा ज्ञान बढाउन र जाडो यामको छुट्टी सदुपयोग गर्न बाबुआमा चिन्तित भएको देखिन्छ। 

हामी त्यहाँ पुग्दा जनवरीको कठ्यांग्रिदो जाडोमा बालबालिकाहरु म्युजियम, जू, साइन्स सेन्टर तथा पार्कमा रमाइरहेको देखिन्थ्यो। बाबुआमाहरु यो छुट्टिको अवसरमा सन्तानको ज्ञान बढाउन सक्रिय देखिन्थे। समाजसँग संवाद गराउन उनीहरु बेचैन थिए। सबैतिर बच्चाहरुको व्यक्तित्व विकासका प्रोगामहरु चलिरहेको देखिन्थ्यो। 

बालबालिकाहरु पनि पार्कमा हुन् या अन्य कुनै ठाउँ, उनीहरुको छुट्याइएको कुनामा ब्लकले घर बनाइरहेका देखिन्थे। साइन्स फिक्सन मुभीहरु हेर्नेदेखि विज्ञहरुले देश कसरी बनाएजस्ता भिडियो प्रदर्शन गरिएका हुन्थे। हेर्दा यी सामान्य कुरा देखिए पनि तिनले बालबालिकाको मस्तिष्कमा तिनले ठूलो भूमिका खेल्ने गर्छन्। 

समय खेर नफाल्ने जुन विधि र बानी उनीहरुलाई सिकाइएको छ, त्यसले उनीहरुको जीवन उद्देश्य पूरा गर्न भूमिका खेल्छ। किनभने हामी जे कुरामा अभ्यस्त हुन्छौँ, हामी जे सोच्छौँ, हामी जे खान्छौँ तिनै कुराले हामी के बन्छौँ भन्ने कुरा निर्धारित गर्छ। अमेरिकामा यस्तो वातावरण छ। 

बच्चाहरुलाई आफ्नो रुचिअनुसारको जीवनको छनोट गर्ने लक्ष्य राख्न यहाँका अभिभावकले सिकाउँछन्। समाज र विद्यालयमा पनि यसै कुरामा जोड दिइन्छ। आफ्नो जीवनको उद्देश्यलाई आ–आफ्नो योग्यता, क्षमता साथै एउटा इच्छा–आकांक्षा लिएर अघि बढ्न प्रेरित गर्ने कुराहरुमा फोकस भएको मैले यस क्रममा प्रत्यक्ष देखेँ। सत्र–अठार वर्षको विद्यार्थीहरुलाई पनि के गर्दा मेरो भविष्य राम्रो हुन्छ भन्ने थाहा छ। आफ्नो खुट्टामा उभिएर आफ्नो आवश्यकता आफैँ पूरा गर्नुपर्छ भन्ने चेत छ। छुट्टी वा फुर्सदको बेलामा के सिक्दा आफ्नो भविष्य उज्ज्वल बनाउन सकिन्छ भन्नेमा यहाँका बालबालिका र किशोरकिशोरी सक्रिय र उत्साहित भएको मैले पाएँ।

यस क्रममा मलाई घत परेको एउटा कुरा के राम्रो लाग्यो भने, बुबाले पनि आमा जत्तिकै भर्खर जन्मिएका शिशु होऊन् या हलक्क हुर्किएका तेह्र–चौध बर्षसम्मका सन्तान होऊन्, सबैलाई एकदमै माया गरेको देखियो। हरेक स्कुलको क्रियाकलापमा बुबा गएको देखियो। बच्चा हुर्काउनेदेखि गृहकार्य गराउनेसम्म बाबुको हात समान रुपले देखियो। सार्वजनिक स्थलमा प्रायः बाबुले बच्चा बोकेको, बच्चाको केयर गरेको, खाना खुवाएको देखिन्थ्यो। त्यस किसिमको केयर र माया नेपालका बालबालिकाले सायदै पाउँछन् होला।

पारिवारिक कार्यक्रम बनाउँदा तीन–चार महिनामा एकचोटि बनाउने, त्यो पनि परिवार सबैको छुट्टी मिलाएर मात्र रमाइलो गर्ने, त्यो पनि परिवारका सबै सदस्यलाई प्राथमिकतामा राखेर प्रोगाम बनाउने अनि होलीडेजमा जाने पनि देखियो। जति दिनसम्म अन्डरस्ट्यान्डिङ छ, एकअर्कामा जीवनसाथीहरुबीच पूरै समर्पण भएको देखियो। जतिञ्जेल मन मिल्छ, एकअर्काप्रति समर्पित हुने र मन नमिलेको दिन बरु डिभोर्स गर्ने वा छुट्टै बस्ने यहाँको एउटा राम्रो कुरा देखेँ मैले। 

पुरुषहरुले आफ्ना सन्तानलाई छातिमा टाँसीटाँसी हिँडेको, उनीहरुले नै एयरपोर्टमा आफूभन्दा ठूलो भारी व्यवस्थापन गरेको देख्दा मलाई नेपालको सम्झना आयो। यस्तो दृश्य नेपालमा ठीक उल्टो देखिन्छ। महिलाले छोराछोरी पनि सम्हालिरहेका हुन्छन् अनि सरसामान सकी नसकी उचाल्ने र पछार्ने गरिरहेका हुन्छन्।

बालबालिका सम्हाल्दा बाबुहरुले जुन सहजताका साथ छातिमा टाँसेर हिँडेको मैले देखेँ, त्यस्तो भाग्य त नेपाली बालबालिकाले कमै पाउँदा हुन् जस्तो लाग्छ। हुन पनि विभिन्न अध्ययनहरुले ‘कंगारु केयर’लाई सन्तानसँग नजिक हुने सबैभन्दा अचुक र प्रभावकारी माध्यम भएको देखाएको छ। कंगारुले आफ्नो सन्तान हिँड्न नसक्ने हुञ्जेलसम्म आफ्नो पेटको गोजीमा राखी संरक्षण र स्वस्थ बनाउँछ। यसैलाई चिकित्सकीय भाषामा ‘कंगारु केयर’ भनेर नामकरण गरिएको छ। 

यस किसिमको कंगारु केयर अमेरिकामा जताततै देख्न सकिन्छ। यसले बालबालिकालाई स्वस्थ मात्र होइन, आफू नजिकको व्यक्ति को हो भन्ने चिन्न भूमिका खेल्छ। यसले बाबु र सन्तानबीच आत्मियताको भूमिका खेल्छ। कोही बालबालिका आमासँग नजिक हुनुको कारण यही कंगारु केयर हो तर त्यस्तो नजिक हुने क्रम अमेरिकामा बुबासँग पनि हुन थालेको प्रत्यक्ष महसुस गरेँ।

जब परिवारमा यस किसिमको सपोर्ट र सम्मान हुन्छ, त्यस्तो व्यक्तिले पनि आफ्नो दायित्वलाई बुझ्छ र कर्तव्य निभाउँछ। त्यसैले पनि अमेरिका शक्तिशाली र विकासमा द्रुत गतिले अघि बढेको हुनसक्छ। अमेरिकाको त्यो घुमफिर र बसाईपछि जब नेपाल सम्झना आउँथ्यो अनि मुटुमा सधैँ गाँठो पथ्र्यो। कहिले आफ्नो देशको बाटो–घाटो राम्रो हुने ? कहिले हरेक व्यक्तिलाई दैनिक उपयोग्य सामग्रीको अभाव नहुने होला ? पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शिक्षाको ज्योति फैलिएला ? हामीले पनि अनुशासित रहेर सिस्टममा कहिले अघि बढौँला ? यस्ता कयौँ प्रश्नले मनमा घोचिरह्यो।







यसमा तपाईको मत

अन्य समाचार

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

Ncell Footer Ad