coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्व गृहमन्त्री घिमिरेका भाइकाे शव भेटियो

पूर्व गृहमन्त्री माधव घिमिरेकाे गाडी दुर्घटना भएकाे स्थान। तस्बिर: दीपक खरेल

चितवन- यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता भएका  उनका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उनको शव भेटिएको हो ।

काठमाडौँ महानगरपालिका, वडा नं १६ वनस्थली घर भएका घिमिरेको शव माझीले देखेपछि जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोली घटनास्थल पुगेको थियो ।

पर्समा रहेको परिचयपत्र र एटिएम कार्डबाट शवको पहिचान भएको प्रहरीले जनाएको छ । शव भरतपुरको शवगृहमा ल्याउने काम भइरहेको छ । पूर्व मन्त्री घिमिरे र उनका अर्का भाइ बेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी छ । सो दुर्घटनामा परी उनकी आमासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको काठमाडौँमा उपचार भइरहेको छ । रासस

प्रकाशित: २२ आश्विन २०७३ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App