coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाडीको ठक्करले दुई महिलाको मृत्यु

धादिङ – धादिङको गल्छी गाउँपालिका–५, पालचोकमा बोलेरो पिकअफ गाडीले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ। अर्की एक घाइते भएकी छन्। प्रहरीका अनुसार आइतबार राति आपसमा गफ गरिरहेका बेला पार्किङ गर्न ल्याइएको बा २० च ६२२१ नम्बरको बोलेरो गाडीले उनीहरूलाई ठक्कर दिएको हो।

दुर्घटनामा गल्छी गाउँपालिका–४ की ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका–५ की ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

भुजेलको घटनास्थलमै र तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको उनले बताए। गाडीको ठक्करबाट गल्छी गाउँपालिका–५ कै ३६ वर्षीया धनकुमारी तामाङ घाइते भएकी छन्। उनको उपचार ललितपुरको पाटन अस्पतालमा भइरहेको छ। ठक्कर दिने गाडीका चालक भागेकाले खोजी भइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App