coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल इन्भेस्टमेन्ट बैंक ३४ वर्षमा

काठमाडौँ – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) ले ३३ वर्ष पूरा गरेको छ। बैंकले ७८ शाखा, आठ एक्सटेन्सन काउन्टर, नौ राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ एकाइ, एक सय १० एटिएम तथा तीन हजार ६ सय ६५ वटा  पिओएसबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

बैंकले ३३औं वार्षिकोत्सवको उपलक्ष्यमा रिकरिङ मुद्दती खाता सुरु गरेको जनाएको छ। एनआइबिएलमा बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्। हरेक महिना न्यूनतम तीन सय ३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाका लागि ९.२५ प्रतिशतका दरले ब्याज पाउने बैंकले जनाएको छ। थोरै नगद जम्मा गरेर पनि मुद्दती खाता खोली भविष्यका लागि आर्थिक जोहो गर्न सकून् भनेर बैंकले यस्तो योजना ल्याएको बैंकको भनाइ छ। 

त्यस्तै, बालबालिकामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा पनि सार्वजनिक गरिएको बैंकले जनाएको छ। विशेष गरी बालबालिकालाई सानै उमेरदेखि बैंकको महŒव र फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानी विकास गर्न बैंकले जानकारीमूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो। बैंकको भिसा कार्ड प्रयोगकर्ताका लागि पिओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिँदै आएको पनि बैंकले जनाएको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App