७ वैशाख २०८१ शुक्रबार
अर्थ

बेनेलीको तीन नयाँ मोटरसाइकल

काठमाडौं – इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको अधिकृत बिक्रेता केटिएम इन्टरनेसनलले उक्त ब्रान्डका तीन नयाँ मोेडेल नेपाली बजारमा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको टिएनटी १५, १५० सिसीको मूल्य दुई लाख ३० हजार, टिएनटी १५० आई १५० सिसीको तीन लाख १५ हजार र बिएन २५१, २५० सिसीको पाँच लाख २० हजार तोकिएको कम्पनीले जनाएको छ। 

कम्पनीको बिक्रेताहरु बुटवल, पोखरा, बिर्तामोड, चितवन, इटहरी, नेपालगन्ज, भक्तपुर, सुर्खेत, दाङ, हेटौंडा र जनकपुरमा रहेको कम्पनीले जनाएको छ। बेनेलीले १३५ देखि ६०० सिसीसम्मका मोटरसाइकल उत्पादन गर्छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App