१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि संयोजक छानिए

काठमाडौं - सरकारले स्थापना गरेको रोजगार सेवा केन्द्रमा कामकाज गर्नको लागि संयोजक छनोट गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा ७ सय ५३ जना रोजगार संयोजक माग गरिएको थियो।

सो कार्यक्रमको काम कारबाही अघि बढाउन २ हजार २ सय ६५ उम्मेदवार छानिएका थिए। छानिएका उम्मेदवारबाट पाँच सय २१ जना छानिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले बताए। मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको हो। वाँकी  २ सय ३२ स्थानीय तहका लागि रोजगार संयोजक पुनः परीक्षा लिनुपर्ने भएको छ। परीक्षामा छनोट भएका उम्मेदवारलाई तत्काल स्थानीय तहमा खटाइने रेग्मीले बताए। 

 

प्रकाशित: १३ फाल्गुन २०७५ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App