८ वैशाख २०८१ शनिबार
समाज

कृषकसँग लाखौं उठाएर भाग्यो कर्णाली एग्रिकल्चर

भोजपुर - कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालको शाखा कार्यालय भोजपुरले जिल्लाका २५ सय कृषकको लाखौं रकम उठाएर फरार भएको छ। जिल्लामा कृषि तथा वनसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने उद्देश्यले शाखा कार्यालयको रुपमा दर्ता भएर काम गर्ने बताएको उक्त संस्थाले जिल्लाका २५ सय बढी कृषकसँग ३ सयका दरले करिब ७ लाख बढी रकम संकलन गरेर सम्पर्कविहिन भएको हो।

संस्थाले गत भदौ ५ गतेबाट नियुक्ति गरेका कर्मचारीको तलबसमेत नदिएपछि कर्मचारीकोसमेत विचल्ली भएको छ। कर्मचारीहरुले गाउँगाउँ गएर विभिन्न जातका फलफुल तथा रुखका विरुवा दिने सर्तमा रकम संकलन गरेका थिए। रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरु फरार भएको कर्मचारी उत्तराज खड्काले बताए।

संस्थाले भोजपुर नगरपालिका ७ सातधारामा कार्यालय स्थापना गरेको थियो। संस्थाले अर्गानिक खेती, वन संरक्षण सम्वन्धि जनचेतनामुलक कार्यक्रम, वन विकास सम्वन्धि धारणा विकास , उन्नत जातका विउविजनहरु उत्पादन , बजार व्यवस्थापन सम्वन्धि सहजिकरण जस्ता विभिन्न कार्यक्रमहरुसमेत गर्ने बताउँदै काममा पठाएको कर्मचारीहरुले बताएका छन्। कर्मचारीले संकलन भएको रकमसमेत लिएर फरार भएपछि पीडित कर्मचारीहरुले कारबाहीको लागि जिल्ला समन्वय समितिमा निवेदन दिएका छन्।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App