coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप छनोटः चीनविरुद्ध नेपाल ५ रनले विजयी

फाइल तस्बिर

काठमाडौं– आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले चीनविरुद्ध ५ रनको विजय हात पारेको छ। 

थाइल्यान्डको बैंककमा सोमवार भएको आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएर छनोट सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो। ७८ रनकाे विजयी लक्षयसहित जवाफी व्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्रै बनाउन सकेपछि नेपालकाे विश्वकपमा छनाेट हुने सम्भावना जिवितै रहेकाे हाे।

चीनलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता रहेको अवस्थामा बलिङमा आएकी सिता रानामगरले २ विकेट लिँदै ९ रन मात्रै दिएपछि नेपाल महत्वपूर्ण जित दर्ता गर्न सफल भएको हो। चीनकी झाङ मेईले सर्वाधिक ३३ रन बनाइन्। उनी २० औं ओभरको अन्तिम बलमा रन आउट भएकी थिइन्। यस्तै काइयुन झोइले १८ रन बनाइन्। नेपालकी सिताले ३ विकेट लिइन्। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले काजल श्रेष्ठको सर्वाधिक १८ रनको सहायतामा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन जोडेको थियो। यस्तै सिताले ११ तथा विन्दु रावलले १० रन बनाइन् भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन्। चीनकी वाङ मेङ र हान लीलीले समान २÷२ विकेट लिए।

५ खेल खेलेकाे नेपाल ४ जित र १ हार सहित अंक तालिकाकाे तेस्राे स्थानमा रहेकाे छ। समान खेलबाट समान अंक भएपनि युएइ रनरेटका आधारमा अंक तालिकाकाे दाेस्राे स्थानमा रहेकाे छ। मलेसिया भने ५ खेलमा सतप्रतिशत जित निकाल्दै तालिकाकाे शिर्ष स्थानमा रहेकाे छ। नेपालले बुधबार कुवेतसँग खेल्नेछ। अंक तालिकाकाे शिर्ष स्थानमा रहने टाेलीले ग्लाेबल छनाेटमा स्थान सुरक्षित गर्नेछ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App