८ वैशाख २०८१ शनिबार
अर्थ

बेलायत भ्रमणमा लगानी भित्र्याउन के के गरे अर्थमन्त्रीले ?

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो बेलायत भ्रमणको समयमा एक दर्जन भन्दा बढी भेटघाट गरे। उनले वैदेशिक लगानी भित्र्याउन भेटघाट गरेका थिए। उनको बेलायती अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससंग बेलायतको हाउस अफ कमन्समा भेटघाट भयो । सो भेटमा लर्ड बेट्सको जिज्ञाशामा मन्त्री खतिवडाले भुकम्पपछिको पुर्ननिर्माणको कार्य अन्तिम चरणमा रहेको बताए।

यस्तै सिटी अफ लण्डनका मेयरले लण्डनस्थित ठूला लगानीकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रममा करिब चार ट्रिलियन डलर लगानी गर्न समूहमै उत्साह व्यक्त गरेका थिए । कार्यक्रममा नेपालको सोभर्जिन रेटिङ गर्न अत्यन्तै आवश्यक भएको धारणा राख्दै वित्तीय क्षेत्रका नयाँ उपकरणहरुको नेपालमा प्रयोग गर्न समेत सहभागीहरुले सुझाव दिएका थिए।

स्टान्डर चार्टर्ड बैंकको केन्द्रिय कार्यालयमा भएको बैठकमा दिर्घकालीन बोण्डहरु जारी गरी दिर्घकालिन पुँजी निर्माण गर्न आवश्यक पर्ने प्राविधिक लगायत सम्पूर्ण सहयोग गर्न स्टान्डर चार्टर्ड बैंक संधै तत्पर रहेको धारणा व्यक्त गरेको थियो। नेपाल सरकार, डिएफआइडि, स्टाण्डर्ड चार्टर बैंकसमेतको सहकार्यमा विधि कार्य अघि बढाउने सहमति भएको विज्ञप्तिमा भनिएको छ।

नेपालको एनएमबी बैंकसँग सहकार्य सुरु गरीसकेको कमनवेल्थ डेभल्पमेन्ट कर्पोरेशनको मुख्य कार्यालयमा कर्पोरेशनका अध्यक्ष एवम् प्रमुख कार्यकारीको सहभागितामा भएको भेटमा नेपालका विकास कार्यक्रममा यथाशक्य सघाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित नेपाल डेभलपमेन्ट कन्फरेन्समा बेलायतलगायत यूरोपका विभिन्न मुलुकका उद्योगि व्यवसायि तथा गैर आवासिय नेपालीहरुको सहभागिता भएको थियो। दुई सयभन्दा बढीको सहभागिता रहेको सो कार्यक्रममा सम्भाव्य लगानीकर्ताले नेपालमा लगानीको संभावना र सुधारहरुबारेमा चासो व्यक्त गरेका थिए। नेपालमा सञ्चालनमा रहेका साना–साना व्यवसायिहरुले पनि आधुनिक किसिमले कसरी ठूला उद्यमी बन्न सकिन्छ र  थोरै पूँजीले रोजगारी सृजना गरी अन्तर्राष्ट्रियस्तरमा बजारको पहुँच विस्तार गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए। सो कार्यक्रममा बेलायती सांसदका शीर्ष व्यक्तित्व, हाउस अफ लर्ड्सका सांसद, सरकारका उच्च पदस्थ प्रतिनिधिले नेपालको विकास, लगानी र समृद्धिका बारेमा चासोका साथ सहभागि भएका थिए । सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानी बोर्डलाई थप शसक्त्त एवम् गतिशिल बनाउन कानुन परिर्माजन गरी सो संस्था मार्फत लगानीकर्तालाई एकद्धार सेवा प्रवाह हुने बताए। उनले कानूनी तथा नीतिगत सुधार, लगानीका सम्भावित क्षेत्र, सरकारका प्राथमिकता, नेपाल लगानीका प्रतिफललगायतका हिसावले कसरी लगानीको लागि तुलनात्मकरुपमा उत्कृष्ट गन्तव्य बन्न सक्छ भन्ने विषयमा प्रष्ट पार्दै सो अवसरको लाभ लिन बेलायति, युरोपेरी तथा तथा गैरआवासीय नेपाली लगानीकर्तालाई आब्हान गरे।

ब्रिटेन नेपाल सोसाइटिले वेलायती राजकुमारको प्रमुख आतिथ्यमा आयोजना गरेको कार्यक्रममा उपस्थित तीन सयभन्दा बढी सहभागिलाई नेपालमा लगानी गर्न आव्हान समेत गरे। गैर आवासिय नेपाली संघ, यूकेले आयोजना गरेको कार्यक्रममा अहिले सम्मका काम र हामीले अघि बढाउन थालेका विकासका एजेण्डाहरु गैर आवासिय नेपालीहरुले नेपालको विकासमा गर्नसक्ने योगदानबारे छलफल भएको जनाइएको छ। उनीहरुले नेपालमा आएर लगानी गर्ने आफ्नो इच्छा रहेको प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: १३ फाल्गुन २०७५ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App