८ वैशाख २०८१ शनिबार
शिक्षा

न कलेज बन्यो न रह्यो धान खेत

महोत्तरी- महोत्तरीको दक्षिणी क्षेत्रलाई शैक्षिक हव बनाउने सपना बोकेर मणिपाल ईन्जीनियरीङ्ग कलेज निमार्ण गर्न विक्रि गरेको जग्गामा कलजे निर्माण नभए जग्गा ‘कब्जा’ गर्ने स्थानीयले चेतावनी दिएका छन्।

भारतीय प्रतिष्ठीत शैक्षिक संस्था मणिपाल टेक्निकल इन्स्टिच्युले नेपाल सरकारबाट मान्यता प्राप्त गरी २०५२ सालमा ईन्जीनियरीङ्ग कलेज स्थापना गर्ने भन्दै जलेश्वर नगरपलिका वडा नम्बर– ७ का स्थानीयहरुको ३५   विगाह जमीन सस्तो भाउमा खरिद गरेको थियो।

तर जग्गा खरिद गरेको २३ वर्ष भइसक्दा पनि कलजे निर्माण गर्न मणिपालद्वारा कुनै पहल नगरिएको र अहिले आएर सो जग्गा विक्री गर्ने चलखेल हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका छन्।

विज्ञान ,प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग स्थानीयहरुले छलफल गरेर सो जमिनमा कलजे स्थापना गर्न गराउन पहल गरिदिन अनुरोध समेत गरेका छन्।

मन्त्रीकै उपस्थितिमा भएको छलफलमा स्थानीयहरुले जुन उद्देश्यले उक्त जग्गा मणिपालले खरिद गरेको थियो सोही काममा प्रयोग नगरे आफुहरुले सस्तो मूल्यमा उपलब्द्ध गराएको जग्गा ‘कब्जा’ गर्ने चेतावनी दिएका थिए। कलेज स्थापना पश्चात जिल्ला र नगरकै विकास हुने सपना बोकी सस्तो मूल्यमा उक्त जग्गा ती ईन्जीनियरीङ्ग कलेजलाई दिएका थिए। सो जग्गाको कुनै सदुपयोग नहुँदा ज्यादै नै दु:ख लागेको छलफलमा सहभागि राजकिशोर झाले बताए। 

जुनकामको लागि जमिन लिइएको हो त्यसमा प्रयोग नगरि मणिपालले जनतालाई ठग्ने काम गरेको स्थानीय जग्गा धनी सिताराम झाले बताए ।  त्यतिबेला सो जग्गाको मूल्य ५० हजार प्रति कट्ठा भन्दा बढी रहे पनि आफ्नो गाउँ ठाउँमा शैक्षिक प्रतिष्ठानको स्थापना हुने आशा गरि १० हजार प्रति कठ्ठाको दरले स्थानीयहरुले प्रशासनको पहलमा मणिपाललाई जग्गा दिएका थिए।  जलेश्वर नगरपालिकाको बजराही टोलका ७० घर परिवारले जमिन उपलब्ध गराएका थिए।

आफ्नो दुखेसो मन्त्री पोखरेलसंग सुनाउँदै नेपाली काँग्रेसका नेता शम्भु पाठकले कलेज खुले पछी केही हुन्छ भनेर सवै किसानले आआफनो भए भरको जग्गा मणिपाललाई दिए पनि मणिपालले स्थानीयलाई ठगेको अनुभुति हुन थालेको उनले बताए।

मणिपालले जग्गा लिएको केही दिन पछि भवन निमार्ण शूरु समेत गरेको थियो तर पछि डुवानको बहाना बनाएर काम बीचमै रोकेर सम्पर्क विहिन भएको राजपा नेपालका नेता शुरेश पाण्डेले बताए।

समय समयमा कलेज निर्माणका लागि राजनीतिक रुपमा आवाज उठनुका साथै सत्याग्रह समेत हुने गरेका छन्। नेपालमा २०४७  सालको राजनितक परिर्वतनसंगै नेपाली कांग्रेसको सरकारमा मन्त्री बनेका जिल्लाकै स्थानीय नेता महेश्वर सिहंको पहलमा जलेश्वरमा कलेज खोल्ने मान्यता मणिपालले पाएको थियो । मान्यता पाएपछि २०५२ सालमा जग्गा खरिद गरि निमार्ण कार्य शुरुगरेको केही महिनामै आयोजना रहेको ठाँउ डुवान क्षेत्र रहेको भन्दै प्राबिधिकहरुको रिर्पोटको अधार टेकेर कलेज संचालकले काम छोडेर भागेको स्थानीयहरुले बताए।

आफु निर्वाचित भए लगत्तै कलेज स्थापानाका लागि जलेश्वर नगरपालिकामा रहेको फाईल झिकाएर विभाग र मन्त्रालय सम्म पहल गरेको जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्रले सुनाए ।

तर अहिले सम्म कुनै सुनवाई नभएकोले कलेज संचालकले कलजे स्थापना गर्न उत्सुकता नदेखाए नगरपालिकाले सो जग्गा अधिग्रहण गरि आफ्नो तरिकाले शैक्षिक प्रतिष्ठान संचालनका लागि जग्गा प्रयोग गर्ने चेतावनी दिए।

यस्तै नेकपाका नेता रामकुमार शर्माले मणिपाल कलेज स्थापना गर्नैका लागि नेपाल सरकारले आफुसंग सत्याग्रह गरेको वेला सम्झौता गरे पनि कार्यान्वयन नभएकोमा दुःख व्यक्त गरे।

नेपाल वार एशोसिएसन महोत्तरीका अध्यक्ष रामशंकर साहले मणिपाल कलेजले जनता संग ठगी गर्नेकाम गरेकोले कानूनी उपचार खोज्नु पर्ने तर्क गरे ।

यसैबीच मन्त्री पोखरेलले कलेज स्थापनाका लागि अहिलेसम्म भएको पहल प्रयास र जो जससंग जे कागजहरु छ ती संकलन गरेर तथ्य वुझने काम गर्नु पर्ने सल्लाह दिदैं ती तथ्य सहितको फाईल आफु कहाँ पठाउन आग्रह गरे। 

 

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App