भेनेजुयला संकट

कोलम्बियासँगको सम्बन्ध तोडिएको घोषणा

सोमबार, १३ फागुन २०७५, १२ : ०७ एजेन्सी

भेनेजुयला – भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडप भएका छन्।

सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ भने गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ह्वाँ गुएइदोले देशमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीको चरम अभाव भएका कारण सहयोग भित्राउन आफ्ना समर्थकलाई आग्रह गरेका छन्।

राष्ट्रपति मदुरोद्वारा काराकासमा समर्थकलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा भएका झडपलाई युद्ध भन्न नसकिने बताएका छन्। मदुरोले आफ्नो देशमा संकट नरहेको र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुयलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै विदेशी सामग्री भित्रिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडिएको बताउँदै भने, ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कूटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुयलास्थित कोलम्बियाको राजदूतावासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुयलाबाट फर्किऊन्।’


राष्ट्रपति मदुरोले समर्थकलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा भएका झडपलाई युद्ध भन्न नसकिने बताउँदै कोलम्बियासँगको सम्बन्ध तोडिएको बताए।

सहयोगस्वरूप आएको सामग्री भित्र्याउने क्रममा सरकारी सुरक्षाकर्मीले रोकेपछि विपक्षी आन्दोलनकारी समूहले बलपूर्वक सामान भित्र्याउने क्रममा झडप भएको हो। झडप कोलम्बिया र ब्राजिल क्षेत्रमा चार जनाको मृत्यु भएको र करिब तीन सय घाइते भएको कोलम्बियाली अधिकारीले जनाएका छन्। अश्रुग्यासको प्रभावका कारण कतिपय आन्दोलनकारीको आँखाको ज्योति गुमेको भन्ने समाचार पनि प्रकाशमा आएका छन्।

सीमा क्षेत्रमा हिंसा बढेपछि राष्ट्रपति मदुुरो नेतृत्वको सरकारले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोडेको छ। राष्ट्रपति माधुरोले सहायता सामग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रुपमा बन्द गर्न निर्देशन दिएका छन्। उनले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध पनि तोडेको घोषणा गरेका छन्।

भेनेजुयला र कोलम्बियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुले स्वयंसेवकहरुमाथि अश्रुग्यास प्रहार गरेका तस्बिर सार्वजनिक भइरहेका छन्। यस्तै प्रदर्शनकारीले चौकी, सुरक्षाकर्मी र दंगा नियन्त्रक प्रहरीमाथि ढुंगामुढा गरेका छन्। यो तनावको बीच भेनेजुयला र कोलम्बियाको सिमानामा तैनाथ भेनेजुयलाका केही सैनिकले चौकी छोडेर भागेको कोलम्बियास्थित मानवअधिकारवादी समूहले बताएका छन्।

कोलम्बियाको सीमामा रहेको एउटा पुलमा मदुरोका समर्थकले अवरोध सिर्जना गर्दै खाद्यान्न र औषधि बोकेका दुई ठूला ट्रकमा आगो लगाइदिएपछि अन्य चार त्यस्ता ट्रक भने कोलम्बियातर्फ नै फर्कन बाध्य भएका बताइएको छ।

गुएइदोले शनिबारबाट दशौं हजार स्वयंसेवकका सहायताले देशमा खाद्य तथा औषधिजन्य सहायता भित्र्याउने बताए पनि सेनाको कडा निगरानीले यो लगभग असम्भव बनेको छ। गुएइदोेले सरकारविरोधी अभियानमा ‘दुर्लभ साहस’ देखाएको भन्दै सामाजिक सञ्जालमा आफ्ना समर्थकहरूको प्रशंसा गरेका छन्।

यसैबीच भेनेजुयलालाई सहयोग गरेको रूसले समेत मदुरोलेझैं अमेरिकी उक्त राहतलाई सैन्य अतिक्रमण गर्ने ‘सहज र कपटपूर्ण’ बाटो भनेको छ। देशमा संकट रहेको स्वीकार नगरे पनि गत साता मदुरो सरकारले रुसबाट तीन सय टन सहायता भेनेजुएला भित्र्याउने घोषणा गरेको थियो।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad