जनप्रतिनिधि र कर्मचारी भ्रमणमा जाँदा सेवाग्राही मर्कामा

सोमबार, १३ फागुन २०७५, १२ : ०१ नगेन्द्र उपाध्याय

सुर्खेत- पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षसहितको ४० जनाको जम्बो टोली भ्रमणमा निस्केपछि सेवाग्राहीहरु प्रभावित भएका छन्। गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीसहितका जनप्रतिनिधि र कार्यकारी अधिकृतसहितका कर्मचारी शुक्रबारदेखि पूर्वी नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा छन्। जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएपछि गाउँपालिकाले प्रदान गर्ने सेवा ठप्प भएका छन्।

‘गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी छैनन्, शुक्रबारदेखि कुनै पनि सेवा लिन पाएका छैनौं’ सिम्ता गाउँपालिका–२ का चित्रबहादुर थापाले भने, ‘आएका सेवाग्राही जनप्रतिनिधि र कर्मचारी नहुँदा फर्कने गरेका छन्।’ थापा आइतबार नाहागाउँ खानेपानी आयोजनाको संझौताका लागि काँफलकोटबाट गाउँपालिकाको केन्द्र राकम पुगेका थिए। ‘जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएकाले कार्यालय बन्द थियो’ उनले भने, ‘मजस्तै धेरै सेवाग्राही सेवा नपाएर फर्किने गरेका छन्।’

केही वडा अध्यक्षहरुले भ्रमणको विरोध गरेर वहिष्कार गरेका छन्। भ्रमणका लागि गाउँसभाले चालू आर्थिक वर्षका लागि १० लाख ३० हजार रुपियाँ छुट्याएको थियो। ‘भ्रमणका नाममा फजुल खर्च गर्नुभन्दा विकास निर्माणमा प्रयोग गर्न प्रस्ताव राखेका थियौं’ वडा नम्वर–२ का अध्यक्ष हरिबहादुर सिंह ठकुरीले भने, ‘हाम्रो प्रस्ताव अस्वीकृत भएपछि भ्रमण बहिस्कार गरेका हौं।’ सिम्ता गाउँपालिकाका तीन जना वडा अध्यक्षसहित १५ जनाले भ्रमण बहिस्कार गरेका छन्।

गाउँपालिकाका अध्यक्षसहितको टोलीले पोखरा, लमजुङलगायतका जिल्लाको भ्रमण गरेको छ।  लमजुङको घलेगाउँमा रहेको होम–स्टे (घरबास) अवलोकन गरेर सोमबार फर्किने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए। गाउँपालिकाले भ्रमणका कति रकम खर्च भयो भन्ने खुलाएको छैन्। ‘अघिल्लो वर्ष भ्रमणका लागि छुट्याइएको बजेट खर्च नगरेर विकासमा लगायौं’ अध्यक्ष केसीले भने, ‘यो वर्ष छुट्याइएको मध्येको रकमबाट अवलोकन भ्रमणमा आएका हौं।’


 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad