coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

फाइल तस्बिर

प्योङयाङ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्।

उनी रेल चढेर भियतनाम गएका अधिकारीले आइतबार जनाएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

ट्रम्प र किमबीच आउँदो फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोइमा दोस्रो शिखर बैठक हुने तय भएको छ। उनीहरुबीचको पहिलो शिखर बैठक गत वर्षको जुनमा सिंगापुरमा भएको थियो।

भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा केही अघि भियतनामको औपचारिक भ्रमण गर्नेगरी हनोई पुगेका हुन्। किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारी सहभागी भएको समाचारमा जनाइएको छ। किम झन्डै तीन दिनमा चार हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम छ।

गत वर्ष जुन १२ मा सिंगापुरमा भएको ट्रम्प–किम शिखर बैठकमा दुई राष्ट्रध्यक्षबीच कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न सहकार्य गर्ने सहमति भएको थियो। यसका साथै, दुई नेताबीच दुई देशबीच सम्बन्ध सुधार्ने सम्झौता पनि भएको थियो।

यद्यपि, दुई नेताबीच कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने सहमति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन तर्फ भने खासै पहल कदमी हुन सकेको छैन।

आसन्न फेब्रुअरी २७ र २८ को हनोई दोस्रो शिखर बैठकमा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि उत्तर कोरियाले चाल्नुपर्ने कदमबारे छलफल हुने आकलन छ। साथै, अमेरिकाले प्योङयाङमाथि लगाउँदै आएको नाकाबन्दी केही खुकुलो पार्नसक्ने अनुमान पनि समीक्षकहरुको रहेको विभिन्न सञ्चाल माध्यमहरुले जनाएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७५ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App