७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘अब राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्दैन’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताएका छन्। सहिद ऋषि देवकोटा ‘आजाद’को ३८औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब क्रान्तीकारीहरूले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकाले यसलाई मजबुत बनाउन सबैजना लाग्नुपर्ने बताए।

‘राजनीतिक अधिकार प्राप्ती मात्र पूर्ण लोकतन्त्र होइन। राजनीतिक अधिकारसागै जनताका आधारभूत आवश्यकता पूरा भएको हुनुपर्दछ। त्यो मात्र पूर्ण लोकतन्त्र हो। सरकार त्यही पूर्ण लोकतन्त्रको अनुभूति जनतालाई गराउन लागिपरेको छ,’ प्रधानमन्त्री ओलीले भने। अब उनै सहिदहरुको सपना साकार पार्न सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ।

सहिद आजादले नेपाल जनताको मुक्ति, समानताका लागि जीवन आहूति दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो उहाँसँग भेट हुन पाएन। उहाँलाई पढें र सुनें मात्र मैले। म जेलमै हुँदा उहाँ मारिएको खबर पाएँ। तर पनि उहाँलाई म बाटो नबिराउने गुरुका रूपमा स्मरण गर्दछु।’ बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आजातको स्मृति प्रकाशन गरिएको ‘सहिद ऋषिराज देवकोटा आजाद: नेपाली क्रान्तिका अभिमन्यू’ नामक पुस्तकको पनि विमोचन गरे।

प्रकाशित: १३ फाल्गुन २०७५ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App