coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अस्पतालका लागि करोड उठाउने अभियान

सोलुखुम्बु – थुलुङ दूधकोसी गाउँपालिका–७ नम्बर वडा कार्यालयले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने अभियान सुरु गरेको छ। गाउँपालिकाको केन्द्र मुक्लिमा दूधकोसी सामुदायिक अस्पताल बनाउन वडाका नागरिकबाट एक करोड चन्दा संकलन गर्ने लक्ष्यका साथ अभियान थालिएको वडाअध्यक्ष रामसघर्ष किरातीले जानकारी दिए।

पहिलो दिन आइतबार नै ५ लाख ५ हजार रुपैयाँ सहयोग संकलन भएको उनले बताए। अस्पताल निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आगामी चैत २ देखि ९ गतेसम्म मुक्लिमा श्रीमद् भागवत महायज्ञ सञ्चालन गरिँदैछ। त्यसका लागि वडाअध्यक्ष किरातीकै संयोजकत्वमा १ सय १ सदस्यीय वडा उपसमिति गठन गरिएको छ।

उक्त समिति नै सहयोग संकलनमा परिचालन गरिएको बताइएको छ। महायज्ञबाट गाउँपालिकाले २० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको वडाअध्यक्ष किरातीले बताए। उपसमितिका सदस्यहरूलाई विभिन्न टोलमा परिचालन गरी सहयोग संकलन गरिने उनको भनाइ छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App