रानीपोखरीको पुनर्निर्माण तीन चरणमा

सोमबार, १३ फागुन २०७५, ०९ : ०२ काष्ठमण्डप टिम

उपत्यकाको मुख्य सम्पदाभित्र अटेको रानीपोखरीको पुनर्निर्माण तीन चरणमा हुने भएको छ। गएको १४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि नयाँ मोडालिटीमा पुनर्निर्माण थालिएको हो। यसअघि विवादका कारण पुनर्निर्माण अल्झिएको थियो। 

अब बन्ने रानीपोखरी ग्रन्थकुट शैलीमा निर्माण गरिने बालगोपालेश्वर मन्दिर, रानीपोखरी र रानीपोखरी परिसर छुट्टाछुट्टै प्याकेजमा निर्माण गरिने प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए। उनले ‘कालीगढ’मार्फत् बनाउने योजनामा रहेको बताए। उनका  अनुसार रानीपोखरी परिसरमा सौन्दर्यकरण गर्नुपर्ने भएकाले त्यसका लागि टेन्डर हुनेछ। निर्माण गर्न लागिएको ‘ग्रन्थकुट’ शैली अनुसार मन्दिरमा एक वा चारवटा प्रवेशद्वार रहनेछ। प्रवेशद्वार अगाडि दुईवटा खम्बा राखिनेछ। निर्णय अनुसार पोखरीमा पानी अड्याउन कालीमाटी र बालुवाको प्रयोग गरिने छ। पुनर्निर्माणको क्रममा काठमाडौं महानगरपालिकाले बनाएको आरसिसी वाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तह अनुसार बनाइने छ। पोखरीको डिलको माथिल्लो भागमा पेटी लगाइने छ। पोखरीमा पानी संचितीकरणका लागि मेलम्ची पाइपलाइनसँग जोड्न मिल्ने गरी संरचना बनाइने जनाइएको छ। 

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा एक सय वर्षभन्दा पुराना पुरातात्विक सम्पदाको संरक्षण तथा जीर्णोद्धार गर्दा पुरानै सामग्रीबाट पुरानै अवस्थामा गरिनुपर्ने उल्लेख छ।
यसअघि महानगरपालिकाले ३ सय ५० वर्ष पुरानो रानीपोखरीको पुनर्निर्माणमा आधुनिक सामग्री (क्रंकिट)को प्रयोग गर्नेगरी ठेक्का लगाउँदा दुई करोड ५० लाख रूपैयाँभन्दा बढी स्वाहा भइसकेको छ। प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा वि.सं. १७२५ सालमा बनेको रानीपोखरीको पुनर्निर्माण गर्दा स्थानीयको सुझाव नलिएको र कानुनविपरित काम गरिएकाले अनेकन अल्झन आएका थिए। २०७३ वैशाखमा महानगरपालिकाले  ‘वल्र्ड वाइड कँडेल केएन केजी जेभी’लाई ६ करोड २९ लाख रूपैयाँमा रानीपोखरी पुनर्निर्माणको ठेक्का लगाएर काम थालेको थियो। 

 

कहाँ के गल्ती भयो ?

  1. पहिलो चरणमा रानीपोखरीबीच भागको बालगोपालेश्वर मन्दिरमा कंक्रिट प्रयोगको विवाद।
  2. २०७४ पुस ११ गते महानगरकी उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा रानीपोखरीमा ताला लगाइयो। 
  3. केही समयपछि मेयर विद्यासुन्दर शाक्यले विवाद टुंग्याउने भन्दै ताला काटे।
  4. गत वर्ष पुस १३ गते रानीपोखरी पुनर्निर्माण अध्ययनका लागि विशेषज्ञ समिति बन्यो। 
  5. समितिको सुझावअनुसार महानगरले रानीपोखरीमा बनाएका संरचना अहिले भत्काइरहेको छ।
  6. रानीपोखरीको भने महानगरले आफैंले बनाएर स्वीकृत गरिदिन २०७२ मंसिर १० गते विभागलाई चलानी नम्बर १३१ को पत्रमार्फत् पठाएको थियो। 
  7. २०७२ माघ ७ गते बोलपत्र आह्वान गर्दै महानगरले सूचना प्रकाशित गरी काम अघि बढाएको।
  8. २०७३ भदौमा ‘सम्पदा बचाउन अभियान’, ‘सेभ हेरिटेज’ अर्थात् सम्पदा बचाउ अभियान नामक समूहले विरोध।
  9. २०७३ कात्तिक ३ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठकले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण महानगरबाट खोसेर पुरातत्वलाई दिने निर्णय गरेको। 







यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad