प्रदेश स्थापित गराउन साझा अजेन्डामा जोड

सोमबार, १३ फागुन २०७५, ०८ : ०० रेखा भुसाल

बुटवल - प्रदेशसभा स्थापनाको एक वर्षपछि गण्डकी प्रदेशको संसदीय टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ। प्रदेशहरूबीच अनुभव आदानप्रदान गरी राम्रा कामको अनुशरण गर्दै साझा अजेन्डामा सहकार्य र समन्वय गरी अगाडि बढ्ने उद्देस्यले भ्रमणमा निस्किएको टोलीलाइ आइतबार्र प्रदेश ५ मा स्वागत गरियो।

गण्डकी प्रदेशको संसदीय टोलीको स्वागतमा प्रदेश ५ को प्रदेशसभा सचिवालयले स्वागत तथा अनुभव आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा दुवै प्रदेशका सभामुख, संसदीय प्रतिपक्ष दलका नेता, सत्तापक्ष र प्रतिपक्ष दलका सचेतक, विषयगत समितिका सभापतिहरूले संघीयताको सफल कार्यान्वयन र प्रदेश स्थापित गराउन सातवटै प्रदेशबीच अन्तरसम्बन्ध बलियो बनाउँदै साझा अजेन्डामा एकरूपता कायम गर्नुपर्नेमा जोड दिए। प्रदेश सफल भए मात्रै संघीयता सफल हुने बताउँदै गण्डकी र प्रदेश ५ का सांसदहरूले संघबाट प्राप्त हुने प्रदेशका अधिकार प्राप्तिका सवालमा साझा अजेन्डा बनाएर अघि बढ्नुपर्ने खाँचो आंैल्याएका छन्। कार्यक्रममा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा र प्रदेश सरकारले गर्ने भुमिकाले संघीयता सफलता र असफलतातर्फ जाने उल्लेख गर्दै संघीयता सफल बनाउने सवालमा सत्ता र प्रतिपक्ष नभनी एउटै पक्ष बनेर अगाडि बढ्नुपर्ने धारणा राखे। संघीयतालाई सफल बनाउन राजनीतिक नेतृत्व र कर्मचारीबीचको दूरी कम गर्नुपर्नेमा पनि उनले जोड दिए।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले तीनवटै तहको अधिकार बाँडफाँटका विषयमा सबै मुख्यमन्त्रीको धारणा एउटै भए जस्तै अधिकार प्राप्तिको आन्दोलनमा सबै प्रदेशसभाले साझा अजेन्डा बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। प्रदेशहरूबीच समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले सहमतिमा संविधान निर्माण गरे जस्तै संविधान कार्यान्वयन पनि सहमतिमै गर्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अन्तरप्रदेश भ्रमणले अनुभव आदानप्रदानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउँदै एक अर्काले गरेका राम्रा कामको अनुशरण गर्ने र कमि कमजोरी भए सच्चिने मौका मिल्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल र गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अधिकार हस्तान्तणमा संघीय सरकार उदाशीन भए त्यसले संघीयता नै धरापमा पर्न सक्ने बताए। जनतालाई प्रदेश सरकारको अनुभूति गराउन विकास र सुशासनमा विशेष ध्यान दिनुपर्नेमा दुवै प्रदेशको प्रतिपक्षी दलका नेताले जोड दिए। प्रदेश ५ नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र गण्डकी प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक गायत्री गुरुरूले आ–आफ्ना प्रदेशसभा र विषयगत समितिका काम कारबाही सम्बन्धमा जानकारी गराए। कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका सचेतक ओमकला गौतम, सार्वजनिक लेखा समितिका सभापति कुमार खड्का,अर्थ तथा बिकास समिति सभापति दिपक कोइराला,बिधायन समिति सभापति मोहन प्रसाद रेग्मी,प्रदेश मामिला समिति सभापति कृष्ण थापाले बोल्दै गण्डकी प्रदेशमा विषयगत समितिका गतीविधि तथा कानुन निर्माणका सम्बन्धमा जानकारी गराए।

प्रदेश ५ को प्रदेशसभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधीराम न्यौपाने, सांसदहरू भोजप्रसाद श्रेष्ठ, भुवनेश्वर चौधरी, तारा जिसी, गण्डकी प्रदेशका सांसदहरू हरिशरण आचार्य, कृष्णबहादुर थापा, मायानाथ अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फडिन्द्रमणि पोखरेल र प्रदेशसभा सचिवालयका सचिव शम्भुबहादुर खड्का, प्रदेश ५ प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनलगायतले बोल्दै प्रदेशलाई बलियो बनाउने अभियानमा सातवटै प्रदेशबीच अन्तर समन्वय, सहकार्य र साझा सवालका काम गराइमा एकरूपता जरुरी रहेको औँल्याए।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad