कर्णाली स्वास्थ्य विज्ञानको डीनमा प्राडा राना नियुक्त

सोमबार, १३ फागुन २०७५, ०७ : ४१ नागरिक

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्राडा रेशमबहादुर राना नियुक्त भएका छन्र। प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले हालै प्राडा रानालाई सो पदमा नियुक्ति गरेको प्रतिष्ठानले जनाएको छ। स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा सुरु गरेका प्राडा रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि गरेका हुन्।

विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेका प्राडा रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आएका थिए। उनी काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षा अध्यापनमा समेत संलग्न हुँदै आएका थिए। यसअघि प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत स्त्रीरोग विभागको प्रमुखमा प्राडा किरण रेग्मीलाई नियुक्ति गरेको थियो।

प्राडा रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्वसचिव हुन्। २०४४ सालदेखि बाग्लुङ जिल्ला अस्तपालबाट सेवा सुरु गरेका प्राडा रेग्मी २५ वर्ष दुर्गम जिल्लामा बसेर सेवा प्रदान गरेकी छन्। ‘मलाई दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थाको पीडा राम्ररी जानकारी छ, यसलाई कसरी उठाउन सकिन्छ भनेर विश्व स्वास्थ्य संगठनको सेवा नै छाडेर जुम्ला गएकी हुँ,’ प्राडा रेग्मीले भनिन्।

साथै डा सुनिल बुढाथोकी र डा कमल शर्मालाई बालरोग विभागमा नियुक्ति गरेको छ। डा शर्मा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवातर्फ ११ आँै तहको पदबाट राजीनामा दिई जुम्ला गएका हुन्। त्यसैगरी, प्रतिष्ठानले एमडिजिपी कार्यक्रमको संयोजकमा डा भोलाराम श्रेष्ठलाई नियुक्तिको तयारी गर्दैछ। यसअघि प्रतिष्ठानमा डा निरेश थापा कार्यरत थिए। नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानलाई सो शैक्षिक कार्यक्रम सञ्चालन गर्न सिट संख्या निर्धारण गर्न ढिलाइ गरिरहेको छ। काउन्सिलले तीन पटकसम्म प्रतिष्ठानको स्थलगत अध्ययन पूरा गरिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमडिजिपी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अगाडि बढ्न अनुमति प्रदान गरिसकेको छ।

‘एमडीजिपी तथा एमबिबिएस तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपकरण तीनै दृष्टिकोणले प्रतिष्ठानले तयारी पूरा गरेको छ, अब मेडिकल काउन्सिलको अनुमतिको पर्खाइमा छाँै। सिट सङ्ख्या निर्धारणको पत्र कहिले आउला भन्ने प्रतिक्षामा छौं,’ प्रतिष्ठानका उपकुलपति प्राडा वाग्लेले भने। ती तहका कार्यक्रम अनुमति पाएपछि जुम्लामा पहिलोपटक चिकित्सक उत्पादन हुनेछ। प्रतिष्ठानले जुम्लामा ३०० शैयाको अस्पताल सञ्चालन गरिरहेको छ। हाल प्रतिष्ठानले कालीकोट, मुगु जाजरकोट, अछाम, बाजुरा, बझाङ, सुर्खेत, दैलेख, सल्यान, रुकुम (पूर्व) तथा रुकुम (पश्चिम) जिल्लामा रहेका स्वास्थ्य संस्थामा चिकित्सक अभाव हुन नदिन चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको सहयोग तथा घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

प्रतिष्ठानले प्रमाणपत्र तहमा जनरल मेडिसिन (हेल्थ असिस्टेन्ट), नर्सिङ तथा स्नातक तहमा मिडवायफरी तथा व्याचलर इन पब्लिक हेल्थ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्काेतर्फ प्रतिष्ठानले गत वर्षदेखि नै नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रमलाई जुम्लालगायत प्रदेश नं ६ मा कार्यान्वयन गर्न सहयोगसमेत गर्दै आएको छ। जुम्लामा रहेको प्रतिष्ठानमा शैक्षिक एवं प्राज्ञिक सेवा तथा प्रतिष्ठानले सेवा दिने अति दुर्गम जिल्लामा स्वास्थ्य सेवा दिन अहिले ३०० चिकित्सकले प्रतिष्ठानमा आवेदन दिएका प्रतिष्ठानले जनाएको छ।







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad