७ वैशाख २०८१ शुक्रबार
राजनीति

कानुनको अभावमा कोही पनि अन्यायमा पर्नु हुँदैनः मन्त्री ढकाल

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानूनको अभावमा कोही अन्यायमा पर्ने अवस्था अन्त्य गर्ने बताएका छन्।  

तेह्रथुम सरोकार समाजले शनिवार टोखा नगरपालिकास्थित टोखा मैदानमा आयोजना गरेको बनभोज कार्यक्रममा सहभागी हुँदै मन्त्री ढकालले कोही पनि अन्यायमा नपर्ने गरी सरकारले कानुन बनाइरहेको बताए। जनमुखी कानुन बनाएर गौरव गर्न लायक काम गर्ने उनको भनाई छ। 

‘म पनि तेह्रथुमको छोरो हुँ। आज कानुन मन्त्री भएको छुँ। म आफूले उदाहरणीय काम गरेर तेह्रथुमका मान्छेलाई जुनसुकै जिम्मेवारी दिए पनि राम्रो काम गर्न सक्छन भन्ने महसुस गराउन चाहन्छु’, उनले भने, ‘म शीर ठाँडो पारेर हिड्नेगरी काम गर्छु।’

वनभोज कार्यक्रमले एकता, भातृत्व, प्रेम बढाउने भन्दै मन्त्री ढकालले तेह्रथुमबासीबीच आत्मियता बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। 

समाजका अध्यक्ष मोहन कुमार डाँगीले यो संस्था विशुद्ध समाजिक संस्था भएकाले यसलाई गैरराजनीतिक र सबैको साझा मञ्चको रुपमा राखिराख्ने प्रतिबद्धता जनाए। राजधानीमा छरिएर रहेका तेह्रथुमबासीबीच एकता कायम गर्ने प्रयास स्वरुप वनभोज आयोजना गरिएको उनको भनाई छ। 

वनभोज कार्यक्रममा तेह्रथुमको संस्कृति झल्काउने लोकनृत्य च्याब्रुङ नाँच, पालाम लोक गीत तथा विभिन्न सांस्कृति प्रस्तुति प्रस्तुत गरिएको थियो। च्कलेट दौड, घैटो फुटाउने, डोरी तान्ने लगायतका गतिविधिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो। 

कार्यक्रममा पूर्वराज्यमन्त्री सीता गुरुङ, सांसदद्वय विजय सुब्बा, भवानी खापुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगप्रसाद उप्रेती, राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सिना, गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई, राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमिल्सिना लगायतको सहभागिता रहेको थियो। 

वनभोज आयोजना गर्न समाजले उपाध्यक्ष हरिपति लाल श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। कार्यक्रमको सञ्चालन महासचिव केशव भट्टराईले गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७५ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App